• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

भारतमा पहिलाे पटक अप्रिलमा सवारी बिक्री शून्य, नेपालमा पनि बैशाखमा उस्तै हुने निश्चित

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १९, २०७७  १३:२४
1140x725

काठमाडौं-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण स्वास्थ्य सामग्री र खाद्यान्न बाहेकका वस्तुको व्यापार शून्यप्रायः छ। संसारका धेरैजसो मुलुक लकडाउनकै अवस्थामा छन्। 

कोरोना संक्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण भारतमा पहिलोपटक सिंगो महिनाभर सवारी बिक्री शून्य भएको छ। देशव्यापी लकडाउनका कारण सवारीका प्लान्ट र डिलर  बन्द हुँदा सवारी बिक्री नभएको हो।

अप्रिलमात्र होइन मे महिनामा समेत सवारी बिक्रीमा आसातित नतिजा नआउने उत्पादक कम्पनीको भनाइ छ। मारूती सुजुकीका आरसी भार्गव, टिभिएसका भेनु श्रीनिभासन, महिन्द्राका पवन गोयन्काले द इकोनोमिक्स टाइम्ससँगको कुराकानीमा यस्ताे बताएका हुन्।

कोरोना भाइरसका कारण अर्थतन्त्र र उपभोक्ताको सोचमा बदलाव आएकाले आगामी महिनाहरू पनि कठिनाइयुक्त देखिएकाे उनीहरूको भनाइ छ। बजार पहिलेकै अवस्थामा पुग्न लामो समय लाग्ने सवारी उत्पादकहरूको निष्कर्ष छ।

कोरोनाको संक्रमण बढेकाले मेमा पनि लकडाउन बढ्छ वा बढ्दैन भनेर सरकारले निर्णय गरिनसकेको उल्लेख गर्दै मारूती सुजुकीक अध्यक्ष भार्गवले भने, 'लकडाउनबारे हुने निर्णयले मेको नतिजा निर्भर गर्छ।'

भारतको अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ४ करोडभन्दा बढीले रोजगारी पाएको बताइन्छ। त्यस्तै यो क्षेत्रले देशको जिडिपीमा ८ प्रतिशत र सरकारी कर संकलनमा १५ प्रतिशत योगदान पुर्‍याएकाे छ।

कोरोना भाइरसको प्रत्यक्ष प्रभाव कम रहेका ठाउँमा भएका प्लान्टहरू सञ्चालन गर्न  सरकारले अनुमति दिएको भए पनि उत्पादकहरुले उत्पादन थालेका छैनन्।

सरकारले दुई साताअघि नै यस्तो अनुमति दिएको थियो। सरकारले मे ३ पछि लकडाउन खुकुलो बनायो वा हटायो भने पनि उत्पादकहरूले मेको आधासम्म केही प्रतिशतमात्र उत्पादन गर्ने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

 टिभिएस मोटर्सका प्रमुख भेनु श्रीनिभासनले भारतीय अटो उद्योग जापानी मोडलमा जानु पर्ने बताएका छन्। स्थानीय पदार्थको अधिकतम प्रयोग गरेर 'जस्ट-इन-टाइम म्यानुफ्याकचरिङ' मोडलमा जानुपर्ने उनको तर्क छ।

मे ३ मा सकिने लकडाउनपछि अवस्था सामान्य भए पनि तामिलनाडू, तेलङ्गाना, कर्नाटक, महाराष्ट्र तथा उत्तरप्रदेशमा रहेका प्लान्टहरूमा पार्टसको सप्लाइ पुर्‍याउन केही समय लाग्ने एक पार्ट्स उद्योगका सिइओको भनाइ छ। सबै स्थानमा हरेका प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आउन महिनाभन्दा बढी समय लाग्ने उनले बताए। 

अवस्था सामान्य भएपछि सप्लाइ चेन मिलेर डिलरसम्म सबै उत्पादन पुगेर पहिलेकै अवस्थामा फर्कन करिब ३ महिला लाग्ने महिन्द्राका प्रवन्ध निर्देशक पवन गोयन्का बताउँछन्। यता सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्सका अध्यक्ष राजन वाधरे भने बजार चरणबद्ध रुपमा खुल्ने राय राख्छन्।

सुरूवाती चरणमा अर्धसहरी तथा ग्रामीण क्षेत्रका डिलरहरू ‌खोल्ने र त्यहाँबाट दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी बिक्री गरेर नगद प्रवाह बढाउन सुरू गर्नुपर्ने वाधरेको भनाइ छ। सबै उत्पादक तथा डिलरहरूले पुनः सञ्चालनका लागि सुरक्षाका सबै प्रक्रिया भने पुरा गरिसकेका छन्।

'कोरोनापछिको व्यवसायका लागि सुरक्षा नयाँ आयामको रूपमा थपिएको छ,' भार्गवले भने, 'पहिले पनि कामदारको सुरक्षा प्राथमिकतामै पर्थ्यो। अब झनै बढेको छ। आगामी दिनमा यो सबैका लागि प्रणालीकै रूपमा रहने भएको छ।'

नेपालमा बैशाखमा सवारी बिक्री शून्य हुने

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न नेपाल सरकारले पनि चैत ११ देखि लकडाउन घोषणा गरेको छ। सो लकडाउन लम्ब्याएर बैशाख २५ गतेसम्म पुर्‍याइएकाे छ। यो अवधिमा  अत्यावश्यक बाहेकका सबै कुरा बन्द अवस्थामा छन्।

यस्तैमा नेपाली बजारमा सवारी बिक्री ठप्प छ। चैतको सुरूबाटै कोरोनाको त्रास बढेसँगै सवारी बिक्री ओरालो लाग्न थालेको थियो। चैत ११ पछि त त्यो पुरै रोकियो। यद्यपि चैतमा केही संख्यामा भने सवारी बिकेको व्यवसायीहरूको भनाइ छ। तर बैशाखमा भने सवारी बिक्री शून्य हुने देखिन्छ।

बैशाख २५ सम्म लकडाउन नै रहेको र त्यो थपिने सम्भावनासमेत कायमै छ। सरकारले लकडाउन केही खुकुलो बनायो भने पनि मानिसहरूको ध्यान सवारी खरिदमा नहुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका एक सदस्यको भनाइ छ। 'मानिसको ध्यान दैनिक आवश्यकता पुरा गर्नेतर्फ नै केन्द्रित हुने भएकाले  लकडाउन खुकुलो भयो भने पनि बैशाखमा सवारी बिक्री शून्य हुने देखिन्छ,' ती सदस्यले भने, 'नेपाली अटोबजार सामान्य अवस्थामा फर्कन ६ महिना भन्दा बढी समय लाग्छ।' 

सरकारले अटोमोबाइल क्षेत्रलाई हेर्ने नजर पुरानै कायम राख्यो भने त्यो समय अझै बढ्ने व्यवसायीको भनाइ छ। आयात हुने क्रममा रहेका, एलसी खोलिसकेका र कम्पनीलाई अर्डर गरिएका सवारीसमेत अलपत्र हुनेछन्। यसका लागि सरकारले व्यवसाय  जोगाउन स्किमहरू घोषणा गर्नुपर्ने ती सदस्यले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १३:२४
  • #auto

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
सम्बन्धित सामग्री
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्