• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

भारतमा पहिलाे पटक अप्रिलमा सवारी बिक्री शून्य, नेपालमा पनि बैशाखमा उस्तै हुने निश्चित

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १९, २०७७  १३:२४
1140x725

काठमाडौं-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण स्वास्थ्य सामग्री र खाद्यान्न बाहेकका वस्तुको व्यापार शून्यप्रायः छ। संसारका धेरैजसो मुलुक लकडाउनकै अवस्थामा छन्। 

कोरोना संक्रमण न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण भारतमा पहिलोपटक सिंगो महिनाभर सवारी बिक्री शून्य भएको छ। देशव्यापी लकडाउनका कारण सवारीका प्लान्ट र डिलर  बन्द हुँदा सवारी बिक्री नभएको हो।

अप्रिलमात्र होइन मे महिनामा समेत सवारी बिक्रीमा आसातित नतिजा नआउने उत्पादक कम्पनीको भनाइ छ। मारूती सुजुकीका आरसी भार्गव, टिभिएसका भेनु श्रीनिभासन, महिन्द्राका पवन गोयन्काले द इकोनोमिक्स टाइम्ससँगको कुराकानीमा यस्ताे बताएका हुन्।

कोरोना भाइरसका कारण अर्थतन्त्र र उपभोक्ताको सोचमा बदलाव आएकाले आगामी महिनाहरू पनि कठिनाइयुक्त देखिएकाे उनीहरूको भनाइ छ। बजार पहिलेकै अवस्थामा पुग्न लामो समय लाग्ने सवारी उत्पादकहरूको निष्कर्ष छ।

कोरोनाको संक्रमण बढेकाले मेमा पनि लकडाउन बढ्छ वा बढ्दैन भनेर सरकारले निर्णय गरिनसकेको उल्लेख गर्दै मारूती सुजुकीक अध्यक्ष भार्गवले भने, 'लकडाउनबारे हुने निर्णयले मेको नतिजा निर्भर गर्छ।'

भारतको अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ४ करोडभन्दा बढीले रोजगारी पाएको बताइन्छ। त्यस्तै यो क्षेत्रले देशको जिडिपीमा ८ प्रतिशत र सरकारी कर संकलनमा १५ प्रतिशत योगदान पुर्‍याएकाे छ।

कोरोना भाइरसको प्रत्यक्ष प्रभाव कम रहेका ठाउँमा भएका प्लान्टहरू सञ्चालन गर्न  सरकारले अनुमति दिएको भए पनि उत्पादकहरुले उत्पादन थालेका छैनन्।

सरकारले दुई साताअघि नै यस्तो अनुमति दिएको थियो। सरकारले मे ३ पछि लकडाउन खुकुलो बनायो वा हटायो भने पनि उत्पादकहरूले मेको आधासम्म केही प्रतिशतमात्र उत्पादन गर्ने बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

 टिभिएस मोटर्सका प्रमुख भेनु श्रीनिभासनले भारतीय अटो उद्योग जापानी मोडलमा जानु पर्ने बताएका छन्। स्थानीय पदार्थको अधिकतम प्रयोग गरेर 'जस्ट-इन-टाइम म्यानुफ्याकचरिङ' मोडलमा जानुपर्ने उनको तर्क छ।

मे ३ मा सकिने लकडाउनपछि अवस्था सामान्य भए पनि तामिलनाडू, तेलङ्गाना, कर्नाटक, महाराष्ट्र तथा उत्तरप्रदेशमा रहेका प्लान्टहरूमा पार्टसको सप्लाइ पुर्‍याउन केही समय लाग्ने एक पार्ट्स उद्योगका सिइओको भनाइ छ। सबै स्थानमा हरेका प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आउन महिनाभन्दा बढी समय लाग्ने उनले बताए। 

अवस्था सामान्य भएपछि सप्लाइ चेन मिलेर डिलरसम्म सबै उत्पादन पुगेर पहिलेकै अवस्थामा फर्कन करिब ३ महिला लाग्ने महिन्द्राका प्रवन्ध निर्देशक पवन गोयन्का बताउँछन्। यता सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफ्याक्चर्सका अध्यक्ष राजन वाधरे भने बजार चरणबद्ध रुपमा खुल्ने राय राख्छन्।

सुरूवाती चरणमा अर्धसहरी तथा ग्रामीण क्षेत्रका डिलरहरू ‌खोल्ने र त्यहाँबाट दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी बिक्री गरेर नगद प्रवाह बढाउन सुरू गर्नुपर्ने वाधरेको भनाइ छ। सबै उत्पादक तथा डिलरहरूले पुनः सञ्चालनका लागि सुरक्षाका सबै प्रक्रिया भने पुरा गरिसकेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'कोरोनापछिको व्यवसायका लागि सुरक्षा नयाँ आयामको रूपमा थपिएको छ,' भार्गवले भने, 'पहिले पनि कामदारको सुरक्षा प्राथमिकतामै पर्थ्यो। अब झनै बढेको छ। आगामी दिनमा यो सबैका लागि प्रणालीकै रूपमा रहने भएको छ।'

नेपालमा बैशाखमा सवारी बिक्री शून्य हुने

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न नेपाल सरकारले पनि चैत ११ देखि लकडाउन घोषणा गरेको छ। सो लकडाउन लम्ब्याएर बैशाख २५ गतेसम्म पुर्‍याइएकाे छ। यो अवधिमा  अत्यावश्यक बाहेकका सबै कुरा बन्द अवस्थामा छन्।

यस्तैमा नेपाली बजारमा सवारी बिक्री ठप्प छ। चैतको सुरूबाटै कोरोनाको त्रास बढेसँगै सवारी बिक्री ओरालो लाग्न थालेको थियो। चैत ११ पछि त त्यो पुरै रोकियो। यद्यपि चैतमा केही संख्यामा भने सवारी बिकेको व्यवसायीहरूको भनाइ छ। तर बैशाखमा भने सवारी बिक्री शून्य हुने देखिन्छ।

बैशाख २५ सम्म लकडाउन नै रहेको र त्यो थपिने सम्भावनासमेत कायमै छ। सरकारले लकडाउन केही खुकुलो बनायो भने पनि मानिसहरूको ध्यान सवारी खरिदमा नहुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका एक सदस्यको भनाइ छ। 'मानिसको ध्यान दैनिक आवश्यकता पुरा गर्नेतर्फ नै केन्द्रित हुने भएकाले  लकडाउन खुकुलो भयो भने पनि बैशाखमा सवारी बिक्री शून्य हुने देखिन्छ,' ती सदस्यले भने, 'नेपाली अटोबजार सामान्य अवस्थामा फर्कन ६ महिना भन्दा बढी समय लाग्छ।' 

सरकारले अटोमोबाइल क्षेत्रलाई हेर्ने नजर पुरानै कायम राख्यो भने त्यो समय अझै बढ्ने व्यवसायीको भनाइ छ। आयात हुने क्रममा रहेका, एलसी खोलिसकेका र कम्पनीलाई अर्डर गरिएका सवारीसमेत अलपत्र हुनेछन्। यसका लागि सरकारले व्यवसाय  जोगाउन स्किमहरू घोषणा गर्नुपर्ने ती सदस्यले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७  १३:२४
  • #auto

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्