काठमाडौं- चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको योगदान घट्ने भएको छ। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार आव २०७६/७७ मा निर्माण क्षेत्रको कूल मूल्य अभिवृद्धि शून्य दशमलब ३१ प्रतिशत ऋणात्मक हुनेछ।
कोरोना भाइसको संक्रमणका कारण यो आर्थिक वर्षको विकास खर्च हुने समयमा लकडाउन हुँदा निर्माण क्षेत्र धरासायी भएको हो। कोरोना भाइरसको कारण निर्माणाधीन आयोजनामा विश्व बजारबाट उपकरणलगायत सामग्रीकाे आपूर्तिमा आइरहेकाे अवरोधले गर्दा यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको तथ्यांक विभागले उल्लेख गरेको छ।
तथ्यांक विभागले चालु आवको ९ महिनासम्मको तथ्यांक र कोरोना भाइरसपछिको अवस्थालाई विश्लेषण गरेर उक्त तथ्यांकको प्रक्षेपण सार्वजनिक गरेको हो। यता निर्माण व्यवसायीहरुले पनि आगामी मंसिरसम्म निर्माणको काम हुन नसक्ने बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।