काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस (कोभिड-१९) का कारण गरिएकाे लकडाउनबाट संकटमा परेका फुटबलकर्मीलाई राहत वितरण गन तीन सदस्यीय समिति गठन गरेको छ।
एन्फाले रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ‘राहत तथा सहयोग समन्वय समिति’ गठन गरेको हो। सदस्यमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी छन्।
एन्फाले बुधबार भिडियोबाट बैठक बस्दै आपतमा परेका फुटबलकर्मीलाई राहत वितरण गर्ने निर्णय गरेको हो।
एन्फा सचिवालयबाट पत्र प्राप्त भएको ५ दिनभित्र ‘राहत तथा सहयोग समन्वय समिति’ ले संकटमा परेका फुटबलकर्मीको सूची तयार पारी बुझाउनु पर्नेछ। त्यसपछि एन्फाले प्राप्त सूचीलाई प्रमाणीकरण गरी राहत वितरण गर्नेछ।
एन्फाले आफ्ना सदस्य संस्था जिल्ला फुटबल संघ, क, ख, ग श्रेणीका क्लबहरु, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघलगायत लकडाउनबाट संकटमा परेकालाई राहत दिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।