चेन्नई– आइपिएल टिम चेन्नई सुपरकिंग्सका ब्याट्सम्यान सुरेश रैनाले आगामी दुई खेल गुमाउने भएका छन्। उनले पिडुँलाको समस्याको कारण खेल गुमाउने भएका हुन्। उनले आइतबार मोहालीमा हुने किंग्स इलावेन पञ्जावविरुद्ध तथा अप्रिल २० मा पुनेमा हुने राजस्थान रोयल्स विरुद्धको खेल गुमाउनेछन्।
यसअघि रैना कोलकता नाइटराइडर्स विरुद्धको खेलमा घाइते भएको थियो। सो खेलमा चेन्नईले कोलकताले दिएको २ सय ३ रनको लक्ष्य पार गरेको थियो। उनी खेलमा१० औं ओभरमा रन लिने क्रममा घाइते भएका थिए। खेलम उनले १२ बलमा १४ रन बनाएका थिए।
योसँगै चेन्नइको मिडल अर्डरमा समस्या देखिएको छ। यसअघि केदार जादव पनि घाइते हुँदै आइपिएलबाट बाहिरिएका छन्। अब औलाको समस्याबाट ग्रसित फाप डु फ्लेसिस आइतबार उपलब्ध हुने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।