• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

चीनबाट ‘हाई क्लास’ का विद्यार्थी ल्याउन सक्ने, खाडीका गरिब श्रमिक नसक्ने ? 

डा गणेश गुरुङ मंगलबार, वैशाख १६, २०७७  ०७:५५
1140x725

अहिले विदेशमा कतिपय नेपाली श्रमिक सडकमा पुगेका छन्। न कम्पनीमा, न सडकमा, न क्याम्पमा भएका छन् । दूतावासले पनि उनीहरुलाई हेरेको छैन। म आफैँले कतिपय गन्तव्य मुलुकमा रहेका श्रमिकहरुसँग सम्पर्क गरिरहेको छु। बिरामी भएको अवस्थामा सिटामोल पनि नपाइराखेको अवस्था छ। यस्ता विभिन्न समस्यामा श्रमिकहरु छन्। 

अर्कोतर्फ घरेलु कामदारका रुपमा कार्यरत महिलाहरु जुन घरमा काम गर्थे त्यो घरको मालिकले आफ्नो देश जाउ भनेको अवस्था छ। 

तर उसले दूतावाासमा फोन गर्दा उठ्दैन । उसलाई घरको बाहिर वा कुनै सानो ठाउँमा बस्न दिएको अवस्था छ। कतिपयलाई त बस्ने व्यवस्था पनि छैन। 

यस्तो समस्यामा रहेका नेपालीहरुलाई वर्गिकरण गरेर स्वदेश फर्काउन  आवश्यक छ। विदेशबाट नेपालीहरु स्वदेश फर्काउन कति रकम लाग्ला भनेर प्रारम्भिक अनुमान गर्दा एक खर्बले पनि नपुग्ने देखिन्छ। तर सबै श्रमिकलाई नेपाल फर्काउनै पर्ने पनि भनिएको होइन। 

नल्याइ नहुने अवस्थाका श्रमिकहरुको एउटा वर्ग, सामान्य अवस्थाका श्रमिकहरुको वर्ग र काम पाइरहेकाहरु वर्गिकरण गर्न सकिन्छ। वर्गिकरणका लागि गैह्रआवासीय नेपाली संघले सहयोग गर्न सक्छ। र, प्राथमिकताका आधारमा उनीहरुलाई उद्धार गरिनुपर्छ। 

दूतावासहरु सबै नेपाली श्रमिकका लागि खोलिएको हो। अहिले दूतावासहरु भने हामीसँग सीमित स्रोत साधन छ भनेर ढोका थुनिराखेको अवस्था छ। 

जुन बेला नेपाली कामदारहरुलाई सबैभन्दा बढी सेवा प्रवाह गर्नुपर्ने हो, झन् सबैभन्दा कम सेवा दिइरहेका छन्।
नेपाल सरकारले हाम्रो नेपाली दूतावासहरुमार्फत् त्यहाँको सरकारसँग समन्वय गरी समस्यामा परेकाहरुलाई त्यहीँ व्यवस्थापन गर्न पहलकदमी हुनुपर्छ । त्यसमा पनि गैह्रआवासीय नेपाली संघको मनग्य भूमिका देख्छु।

दूतावासमा सीमित जनशक्ति भएका कारण काम गर्नै नभ्याएको हो भने गैह्रआवासीय नेपाली संघसँग सहकार्य गर्न सक्छ। अन्य मुलुकहरुले पनि गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसमा कम्पनीबाट निकालिएका वा काम गुमाएर फुटपाथमा अलपत्र परेका श्रमिकहरुलाई पनि भोलेन्टियरको रुपमा प्रयोग गर्न सकिन्छ। गैह्रआवासीय नेपाली संघ र सरकार मिलेर उनीहरुलाई दूतावासमै काम लगाउन पनि सकिन्छ। दूतावास र सरकारले सोचाइमा थोरै परिवर्तन ल्याउन आवश्यक छ। 

पहिलो कुरा के बुझ्नु पर्‍याे भने वैदेशिक रोजगार कल्याणकारी कोषमा अहिले ६ अर्ब जति रकम छ त्यो नेपाल सरकारको  होइन। त्यो त हरेक कामदारले १५ सय र २५ सयका दरले जम्मा गरेको कामदारकै पैसा हो । त्यो पैसा फुटपाथमा अलपत्र परेर खान नपाएका बेला प्रयोग नहुने हो भने कुन बेला खर्च गर्ने त ? 

नेपाल सरकारले वैदेशिक रोजगार बोर्डलाई कामदारको कोषमा जम्मा भएको ६ अर्ब रकम प्रयोग गर्न भनेर मात्रै पन्छिन पनि पाउँदैन। किनकि त्यो रकम त अरु बेला पनि प्रयोगमा आउन सक्छ नि। शव ढुवानी खर्च लाग्छ। करारअवधिमा श्रमिकको मृत्यु भएमा आर्थिक सहायता त्यही रकमबाट उपलब्ध गराउनुपर्ने हुन्छ। जसले गर्दा कोषको केही रकममा सरकारले पनि थप्नुपर्छ। त्यो पैसा खर्च गर्नुपर्छ।

बोर्डबाट १० करोड रुपैयाँ झिक्ने हो भने सरकारले थप १० करोड रकम थप गरी २० करोडले नेपाली कामदारको उद्धार तथा सहजीकरण गर्नुपर्छ। सरकारले पैसा पठाएर गैह्रआवासीय नेपाली संघ एनआरएनमार्फत् समस्यामा परेका श्रमिकहरुलाई उतै व्यवस्थापन गर्नुपर्छ । 

सरकारले लकडाउन गर्नुभन्दा अगाडि धेरै होमवर्क गर्न जरुरी थियो। तर नेपाल सरकारले समयमा तयारी गरेन। नेपाल सरकार कुम्भकर्ण झैं सुतिदियो । त्यो बेला तयारी गरेको भएदेखि हाम्रा श्रमिकहरुलाई अहिले निकै सहज हुन्थ्यो। अर्को कुरा नेपाल सरकारले के गर्न सकिरहेको छैन भने हाम्रो आन्तरिक अर्थ व्यवस्थालाई चलायमान बनाइराख्नुपर्छ । लकडाउनैमात्रै भनेर बस्नुपर्दैन। 

लकडाउनको अवस्थाभित्र पनि हामीले कृषिलाई निरन्तरता दिन सक्छौँ। धादिङ, जनकपुर, महोत्तरीलगायत कृषि उपज हुने ठाउँमा तरकारी, माछा, मासु, अण्डा लगायत कृषिजन्य पदार्थ यत्तिकै खेर फाल्नुपर्ने अवस्था भइसक्यो। अर्कोतिर सेवा पाउनेहरुले पाइराखेको अवस्था छैन। यस्तो अवस्थामा सरकारले कृषि तथा रोजगारीका आन्तरिक क्रियाकलापलाई चलायमान राख्नुपर्छ। नत्र हामी लकडाउनको समयमा महंगीमा पर्न सक्छौँ। 

सरकारले विफोर कोरोना, ड्युरीङ कोरोना र आफ्टर कोेरोना के गर्ने भनेर पूर्व तयारी गर्नुपर्दछ। 

एउटा के भइरहेको छ भने राष्टिय योजना आयोगले समस्यामा पारेका नेपालीहरु ल्याउनुपर्‍याे भने के गर्नुपर्ला भनेर योजना बनाउन अनुरोध गरेको छ । त्यो तयार पार्ने काममा म लागिरहेको छु।

सबैलाई एकैचोटि ल्याउन आवश्यक छैन। समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा वर्गिकरण गरेर ल्याउन सकिन्छ। यसमा दूतावासले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। सम्बन्धित देशका दूतावासले भन्नुपर्‍याे। यो देशमा यति संख्यामा नेपालीहरु छन्, यस्तोे समस्यामा छन् र त्यही दूतावासले नै सम्बन्धित देशको सरकारलाई भन्नुपर्‍याे कि हाम्रा यति नेपालीलाई यस्तो समस्या छ। हामी के सहकार्य गर्न सक्छौँ । त्यो गर्न ढिला भइसक्यो । लकडाउन भएकै एक महिना बितिसक्यो। सरकारको  यो तयारी कम भयो। यो तयारी नहुनाले नेपालीहरु समस्यामा पर्ने अवस्था सिर्जना भयो। 

हामीकहाँ सबै नेपाली विदेशबाट फर्किए भने देशभित्रै रोजगारी दिन सक्ने क्षमता छैन। यो वास्तविकता हो  तर वर्गिकरण कामदार विदेशबाट ल्याउने र सरकारले योजना बनाएर अगाडि बढ्ने हो भने देशभित्रै कामदारलाई रोजगारी सिर्जना गर्न सकिन्छ। जस्तै कृषि आधुनिकीकरण, मेलम्ची, अपर तामाकोसी, अरुण प्रोजेक्टसहित २२ वटा राष्टिय गौरवका आयोजना सक्न हजारौँ श्रमिकहरु आबश्यक पर्छ। 

देशका जनशक्ति घर, आँगनमा फर्किएका बेलामा सरकारले त्यसलाई अवसरको रुपमा प्रयोग गर्न सक्नुपर्छ । यसको नेतृत्व सरकारले ने गर्ने हो। 

मेरो परिभाषामा वैदेशिक रोजगारीमा गएका युवाहरु इकोनमिक हिरोहरु हुन् । उनैकाे पैसाले देशको अर्थतन्त्र चलेको छ तर अहिले तिनै युवाहरु नचाहिनेजस्तै भएको छ । विदेशबाट कोही मान्छे आयो भने पनि अपराधीजस्तै गरी खोजिखोजी आइसोलेसनमा राख्नुपर्ने परिस्थिति आएको छ । यो सरकारले गरेको होइन परिस्थितिले आएको हो । 

चीनको वुहानमा अलपत्र परेका मिडल र हाइ क्लासका विद्यार्थीलाई हामीले प्लेन चार्टर गरेर ल्याउने। अनि ल्याएर खरिपाटीमा लगेर त्यत्रो बन्दोबस्तका साथ राख्ने। तर वैदेशिक रोजगारीमा मलेसियालगायत खाडी मुलुकहरु जाने विपन्न वर्ग हुन् नि, तिनीहरुलाई सरकारले उद्धार गर्न नसक्ने ? 

अर्को कुरा सरकारले युएनमा काम गर्ने नेपालीहरुलाई पनि प्लेन चार्टर गरेर उद्धार गर्ने तयारी गरिरहेको छ भन्ने कुरा सुनिरहेको छु। युएनका तर्फबाट पाउनुपर्ने डकुमेन्ट नआएका कारणले मात्रै रोकिएको छ रे । नभए सरकारले स्वीकृति दिइसकेको छ रे। सरकारले वर्ग हेरेर सेवासुविधा दिएको छ । जो गरिब थिए । रोजगारी पाएका थिएनन् । जसले आफूले कमाएको शतप्रतिशत रकम देश पठाउँथे। जसले गर्दा देशको अर्थतन्त्र चलेको थियो, उनीहरुलाई स्वदेश फर्काउन पहल किन नगर्ने ? 

उनीहरु नेपालको नागरिक हुन् । उनीहरुलाई स्वदेश फर्काउन सरकारले स्रोत साधन सहितको तयारी गरेर बस्नुपर्छ । होइन भने नेपाली श्रमिकहरु परदेशको बाटोमा भोकभोकै मर्नुपर्ने अवस्था आउँछ। 

(श्रम विज्ञ डा गणेश गुरुङसँग वैदेशिक रोजगार पत्रकार समाजले गरेको भिडियो वार्तामा आधारित ) 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  ०७:५५
  • #ganeshgurung

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्