काठमाडाैं- भारतकाे दिल्लीमा कोरोना भाइरसकाे संक्रमण फैलदो क्रममा रहेको छ। आदर्शनगर इलाकाको एनजेपी अस्पतालमा कार्यरत एक कर्मचारीको घरमा १० जनामा कोरोना भाइरस पोजेटिभ पाइएको छ।
घरका सबै परिवारलाई काेराेना पोजेटिभ देखिएपछि मजलिस पार्कका सबै गल्ती सिल गरिएको छ। उक्त परिवारकी एक महिला सदस्य एनेजपी अस्पतालमा डाइटीसियनको रुपमा कार्यरत रहेकी थिइन्। सुरुमा उनमा कोरोना पोजेटिभ पाइएको थियो। त्यसपछि उनको सबै परिवारको परीक्षण गर्दा पोजेटिभ पाइएको हो।
त्यस्तै दिल्लीको तिलकनगर इलाकामा पनि एक महिलामा काेराेना पोजेटिभ पाइएको छ। उनको घरका ६ सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ।
२९३ नयाँ बिरामी
दिल्लीमा काेराेनाका २९३ नयाँ संक्रमित थपिएका छन्। दिल्लीलाई सन्तोष दिने खवर पनि आएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा कोरोना भाइरसका कारण कसैले पनि ज्यान गुमाएका छैनन्।
दिल्लीमा मात्र १ हजार ९ सय ८७ संक्रमित रहेका छन्। ५४ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।