काठमाडौं– उत्तर कोरियाली शासक किम जोङ उनको कमजोर स्वास्थ्य अवस्थाबारेको विवरणहरु फेरि पनि अस्वीकार गर्दै उनी ‘जीवत र सन्चै’ भएको बताएको छ।
‘किम जोङ उन जीवत र सन्चै हुनुहुन्छ,’ दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका विदेश नीति सल्लाहाकार मुन चुङ इनले सिएनएनसँग भनेका छन्, ‘वोनसन क्षेत्रमा गत अप्रिल १३ देखि बसिरहनु भएको छ। अहिलेसम्म कुनै सन्दिग्ध गतिबिधि भएको थाहा भएको छैन्।’
पछिल्लो केही हप्तायता विशेषगरी अमेरिकी मिडियामा उनको ‘बिग्रदो स्वाथ्य’बारे विभिन्न अडकलहरु गरिएका विवरणहरु प्रकाशति भइरहका छन्। उत्तर कोरियाबाट कुनै असमान्य संकेतहरु नआएको भन्दै सउलले किमबारे मिडियामा आएका रिपोर्टकाे खण्डन गर्दै आएको छ।
केहीले किम वोनसनमा अर्निदिष्ट कारणले बसिरहेको अनुमान लगाएका छन्। आइतबार बिहानै वासिङटनस्थित उत्तर कोरिया मनिटरिङ प्रोजेक्टले स्याटेलाइट तस्बिरको समीक्षा गर्दै उत्तर कोरियाका नेतासँग सम्बन्धित रेल वोनसन स्टेसनमा देखिएको दावी गरेको दक्षिण कोरियाको समाचार संस्था योनह्यापले उल्लेख गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।