जयपुर- आइपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्स लगातार दोस्रो खेलमा पराजित भएको छ। बुधबार राति अबेर सम्पन्न खेलमा दिल्लीलाई राजस्थान रोयल्सले डिएल मेथडमा १० रनले पराजित गरेको हो।
नेपालका युवा स्पिनर सन्दीप लामिछाने दिल्लीको टिममा दोस्रो खेलमा पनि पर्न सकेनन्। दिल्लीले दोस्रो खेलमा अमित मिश्रालाई नखेलाउँदा राहुल टेवाइटा र साहवाज नदिमलाई स्पिनरको रुपमा खेलाएको थियो
वर्षाले अवरुद्ध खेलमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो। तर दिल्लीले ४ विकेट गुमाएर ६० रन मात्र जोड्न सक्यो।
दिल्लीका लागि ग्लेन म्याक्वेलले १२ बलमा १७ रन जोडे। ओपनिङमा आएका उनले २ चौका र १ छक्का प्रहार गरे। तर अर्का ओपरन कोलिन मुनरो पहिलो बलमै रनआउट भएका थिए। रिशव पन्त २० रनमा आउट हुँदा विजय शंकर ३ रनमै पेभिलियन फर्के। क्रिस मोरिसले ७ बलमा नटआउट १७ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन ।
बलिङमा राजस्थानका बेन लाउलिनले २ तथा जयदेव उनादकडले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले १७.५ ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५३ रन जोड्दा भारी वर्षा भएपछि खेल रोकिएको थियो।
राजस्थानका लागि कप्तान अजिन्का राहाणेले ४५ रन जोडे। उनले ४० बलमा ४५ रन जोडे। सन्जु सामसनले ३७ रन जोड्दा जोस बटलरले २९ रन बटुले। बेन स्कोक्स १६ रनमा आउट भएका थिए। बलिङतर्फ दिल्लीका सहवाज नदिमले २ विकेट लिदा ट्रेन्ट बाउल्ट र मोहमद सामीले १-१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।