एजेन्सी-भारतका विभिन्न अस्पतालमा ११३ स्वास्थ्यकर्मी तथा कर्मचारीमा काेराेना संक्रमण भएकाे पाइएकाे छ। एम्स, अम्बेडकर, सफदरजंगलगायतका अस्पतालमा संक्रमण भएकाे पाइएकाे हाे।
नयाँदिल्लीको रोहिणीस्थित अम्बेडकर अस्पतालमा ३२ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको छ। यसरी संक्रमित हुनेमा डाक्टर र नर्सहरु समेत छन् । केही दिन पहिला अस्पतालमा कोरोना पोजेटिभ भएकी एक महिला भर्ना भएकी थिइन्। उनले आफ्नो रोग लुकाएकाेमा पछि अस्पतालमा मृत्यु भएको थियो। ती महिलाबाट नै ३२ स्वास्थ्यकर्मीमा कोरोना फैलिएको पाइएको छ।
यसअघि दिल्लिकै बाबु जगजीवन राम अस्पतालमा ६५ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पाइएको थियो। आइतबार २१ नयाँ बिरामी थपिएपछि यो संख्या ६५ पुगेको छ। थपिनेमा डाक्टर र अस्पतालका कर्मचारी रहेका छन्। यसभन्दा अगाडि अस्पतालका ४४ कर्मचारीमा कोरोना पोजेटिभ पाइएको थियो।
दिल्लीको जहाँगीरपुरी इलाकास्थित बाबु जगजीवन राम अस्पतालका कर्मचारीमा कोरोना पोजेटिभ देखिने क्रम बढिरहेको छ। दिल्लीमा हालसम्म २६०० भन्दा धेरै कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोना भाइरस स्वाथ्यकर्मीमा पनि तीव्र रुपमा फैलिरहेको छ ।
कुन अस्पतालमा कति संक्रमित
–एम्स अस्पतालमा २ नर्स र १ डाक्टर
–सफदरजंग अस्पतालमा ७ डाक्टर र २ नर्स
–बाबु जगजीवन राम अस्पतालमा ६५ स्वास्थ्यकर्मी
–राजिव गान्धी क्यान्सर अस्पतालमा ३ डाक्टर र २१ कर्मचारी
–लेडी हार्डिग अस्पतालमा २ डाक्टर र ६ नर्स
–कलावती शरण अस्पतालमा २ डाक्टर
–मोहल्ला क्लिनीक बाबरपुर र मौजपुरमा २ डाक्टर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।