काठमाडौं- इन्डियन प्रिमियर लिग(आईपिएल)मा दिल्ली डेयरभेडिल्स् दोस्रो खेलमा पनि पराजित भएको छ। बुधबारको खेलमा दिल्ली डिएल मेथडमा रनले राजस्थान रोयल्स्सँग १० रनले पराजित भएको हो।
वर्षाले प्रभावीत बनेको खेलमा राजस्थापनले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो। दिल्लीलाई ६ ओभरमा ७१ रनको लक्ष्य दिएकोमा उसले ६० रन मात्र बनायो। राजस्थानले उत्कृष्ट बलिङ गर्दै पहिलो जित निकाल्यो।
पहिलो खेलमा दिल्ली पंजाबसँग पराजित भएको थियो। नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीले दुवै खेलमा कमजोर प्रदर्शन गर्याे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।