एजेन्सी–कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित युरोपेली मुलुक इटालीले ७ हप्ताअघि लगाइएको कडा प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ। गत मार्चको मध्ययता दैनिक मृत्यु हुनेको संख्यामा कमी आएपछि प्रतिबन्ध खुकुलो बनाउन लागिएको हो।
प्रधानमन्त्री गेसेप कोन्टेले आगामी ४ मेबाट लागू हुने गरी प्रतिबन्ध खुकुलो बनाउने बताए।जसअनुसार नागरिकहरुलाई सानो समूहमा आफन्तकहाँ जान स्वीकृति दिइनेछ। तर त्यसका लागि मास्क अनिवार्य गरिएको छ।
यसका साथै पार्कहरु खुला गरिनेछ। तर विद्यालय भने आगामी सेप्टेम्बरसम्म बन्द रहनेछन्। इटालीमा आइतबार २ सय ६० जनाको मृत्यु भएको थियो,जुन १४ मार्चयताकै थोरै हो। हालसम्म त्यहाँ २६ हजार ६ सय ४४ को मृत्यु भइसकेको छ भने १ लाख ९७ हजार ६ सय ७५ जना संक्रमित छन्।
यस्तै, अन्य युरोपेली मुलुक स्वीट्रजल्याण्ड र स्पेनले पनि प्रतिबन्ध खुकुलो बनाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।