मस्को- रूसी विदेशमन्त्री सर्गेई लाभरोभले कतिपय मुलुकहरूले अहिले विश्व स्वास्थ्य संगठनको आलोचना गर्नुको पछाडि उनीहरूले कोभिड-१९ सङ्क्रमणको महामारीमा नियन्त्रणका लागि यथोचित भूमिकाको कमीलाई पुष्टि गर्नु रहेको बताएका छन्।
‘रिया नोवोस्ती न्यूज एजेन्सी’ ले शनिबार सम्प्रेषण गरेको अन्तर्वार्तामा उनले भने, ‘मलाई राजनीतिकरणमा यो वा त्यो समूहमा सामेल हुने चाहना छैन। तर विश्व स्वास्थ्य संगठनमाथिको आलोचनामा राजनीतिकरणको सङ्केत देखिन्छ।’
‘मेरो विचारमा ती आलोचनाहरू कोभिड-१९ को महामारीविरूद्धको लडाईंमा आफ्ना ढिलो र अपर्याप्त कामबाट आफूलाई निर्दोष देखाउने गलत विचारहरूमात्रै हुन्‚’ उनले भने‚ ‘विश्व स्वास्थ्य संगठन आफैंमा पूर्ण नहुन सक्छ तर यसले आफ्नो भूमिकालाई पूरा गरेको छ। एउटा नेतृत्वदायी अन्तर्राष्ट्रिय स्वास्थ्य संगठनका रूपमा विश्व समुदायसँग सहकार्य गरेको छ।’
विश्व स्वास्थ्य संगठनको गतिविधि‚ यसका सदस्य राष्ट्रहरूद्वारा निर्धारण हुने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।