काठमाडौं- पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरू प्रहरीमा मुद्दा दर्ता गराउन प्रहरी परिसर टेकु पुगेका समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।
समाजवादी पार्टिका अध्यक्ष, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, र नेताहरू राजेन्द्र श्रेष्ठ, हिसिला यमी अशोक राई प्रहरी परिसर टेकु पुगेका हुन्। उनीहरूसँगै राजपाका तर्फबाट राजेन्द्र महतोलगायतका नेता निवेदन लिएर टेकु पुगेका हुन्।
पूर्वस्वास्थ्य राज्यमन्त्री डा यादव घरमै रहेको अवस्थामा नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनाल, सांसद्हरू महेश बस्नेत र किसन श्रेष्ठले महोत्तरीबाट गाडीमा राखेर बालुवाटार पुर्याएका थिए।
समाजवादी पार्टी फुटाउन लक्षित गरी आफ्ना पार्टीका सांसद् अपहरण गर्नेविरुद्ध कारबाहीको माग गर्दै दुवै पार्टीका नेताहरूले उजुरी दर्ता गराउने तयारी गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।