नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोना भाइरस विरुद्धको लडाईं भारतीय जनताले नेतृत्व गरिरहेको बताएका छन्। लडाईंमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताए।
आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उनको भनाई छ। प्रधानमन्त्री मोदीले भने, 'हरेक नागरिक यस लडाईंमा कोरोना भाइरस विरुद्धको लडाकू हुनु भएको छ।'
मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम “मन की बात”मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाईं धेरै कठिन भएको पनि उल्लेख गरे। कोरोना भाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उनले जोड छ।
'कोरोना भाइरस विरुद्धको जनताको लडाईं सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पुर्याउने छौँ,' प्रधानमन्त्री मोदीले भने।
(रासस–एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।