काठमाडाैं- विश्वका विकसित देशहरुको संगठन जी २० समूहले अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाइरसविरुद्ध लड्नका लागि स्वास्थ्य सुविधाको आवश्यकता पूरा गर्न सहयोगकाे अपिल गरेकाे छ।
जी २० को अध्यक्षता अहिले साउदी अरबले गरेको छ। साउदीका वित्तमन्त्रीले जी २० ले कोरोना भाइरसको महामारीसँग लड्नका लागि ८ अर्ब डलरको फन्डिङ ग्याप पूरा गराउने प्रयास गर्ने बताए। साउदीका वित्तमन्त्री मोहम्मद अल जदानले कोरोनाविरुद्ध लड्नका लागि ‘एक्सेस टू कोविड १९ टुल्स एक्सिलेरेटेर’ कार्यक्रम सञ्चालन हुने बताए।
उनले अन्तराष्ट्रिय समुदाय अहिले पनि स्वास्थ्य संकटमा रहेको र यो कहिलेसम्म चल्ने हो अनिश्चित रहेको भन्दै यसका लागि सबै मिलेर लड्न जरुरी रहेको बताए। यो महिनाको सुरुवातमा साउदी अरबले ५० करोड डलर सहायता राशी दिने वाचा गरेको थियो। साउदी अरबले सबै देश, गैरसरकारी संगठन, दान गर्ने मानिस र निजी क्षेत्रलाई आर्थिक सहयोग गर्न अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।