काठमाडौं– आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो।
यसअघि आठौं राष्ट्रिय खेलकुद मंसिरमा गर्ने निर्णय भएपनि मिति भने तोकिएको थिएन ।
बैठकले आगामी अगस्टमा इन्डोनेसियामा हुने १८ औं एसियन खेलकुद (एसियाड) मा नेपालले प्रतिस्पर्धा गर्ने खेलको भने टुंगो लगाउन सकेन। एसियाडमा २७ खेलका खेलाडीले सहभागिता जाउने प्रस्ताव गरिएको थियो। तर कोषाध्यक्ष लगायतका बोर्ड सदस्यले केहि खेल हचुवाको भरमा प्रस्ताव गरिएको भन्दै विरोध गरेका थिए। त्यसपछि खेलकुद मन्त्री विश्वकर्मा रहेको ५ सदस्यीय समिति गठन गरिएको छ। समितिलाई एसियाडमा सहभागी हुने खेलको टुंगो लगाउने अधिकार प्रदान गरिएको छ।

यता बैठकले यसअघि ऐन विपरित गठन भएका समिति खारेज गर्ने पनि निर्णय गरेका छन्।
बैठकका प्रस्ताव यस्ता थिए :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।