काठमाठौं– उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यलाई लिएर अनेक अडकलबाजी सुरु भएका छन्। यो तब सुरु भयो जब उनी उत्तर कोरियाका महान नेता तथा उनका हजुरबुबा किम इल सुङको जन्मदिन १५ अप्रिलमा हुने कार्यक्रममा सहभागी भएनन्।
उत्तर कोरियाको सैन्य स्थापना दिवसमा पनि उनी देखा परेनन्। यसकारण उनको स्वास्थ्यलाई लिएर भएका तमाम अडकल र अनुमान झन तीव्र भएका छन्। न्यूजवीकमा छापिएको रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायले कुनै पनि असमान्य गतिविधि नदेखिएको तर अवस्थाबारे नजर राखिरहेको छ।
न्यूजवीकले पेन्टागनका एक वरिष्ठ अधिकारीलाई हवाला दिँदै भनेको छ, ‘हामीलाई कुनै किसिमका संकेत या अतिरिक्त जानकारी प्राप्त भएको छैन्, जसका आधारमा उत्तर कोरियाली नेतृत्व या किम जोङ उनको स्वास्थ्य अवस्थाबारे ठोस मूल्यांकन गर्न सकियोस्।’ तर, अधिकारीले यहाँसम्म बताए अनुसार वोनसानमा रेल देखिनु र हालैका समारोहमा उनको अनुपस्थितिले उनी बिरामी भएको रिपोर्टलाई विश्वसनीयता प्रदान गर्छ।
उत्तर कोरियाको सरकारी मिडियाले पछिल्लो पटक ११ अप्रिलमा किम एक बैठकमा भएको खबर सम्प्रेषण गरेकाे थियाे।
कहाँ छन् किम?
वासिङटनस्थित उत्तर कोरिया मनिटरिङ प्राेजेक्टले स्याटेलाइट तस्बिरको समीक्षा गर्दै भनेको छ, ‘उत्तर कोरियाको रिजार्ट टाउन वोनसनमा एक रेल रोकिएको छ, जो सम्भवत किमले प्रयोग गर्ने रेल हो।’
२१ अप्रिलमा रेल वोनसनस्थित लिडरसिप स्टेसनमा पार्क गरिएको उक्त प्रोटेक्टको भनाइ छ। यो स्टेशन किम जोङउन परिवारका लागि सुरक्षित राखिन्छ। मनिटरिङ ग्रुपको रिपोर्ट समाचार संस्था रोयटर्सले छापे पनि त्यसको स्वतन्त्र पुष्टि भने गर्न नसकिएको बताएको छ। तर, उनी वोनसनमै रहेको रोयटर्सको भनाइ छ।
आफ्नो रिपोर्टमा रोयटर्सले भनेको छ, ‘रेलेकाे उपस्थितिले किम कहाँ छन् भन्ने थाहा पाउन सकिएको छैन्, तर यति भने अवश्य थाहा हुन्छ कि उनी देशको विशेष पूर्वी तटीय इलाकामा छन्।’ दक्षिण कोरियाको राजधानी सोलस्थित न्यूज वेबसाइट डेली एनकेका अनुसार किम प्योङयाङको उत्तरी क्षेत्र रिजार्ट काउन्टी अफ ह्यागसनमा स्वाथ्य उपचार लिइरहेका छन्।
दक्षिण कोरियाको समाचार संस्था न्युजइजका अनुसार किम सायद कोभिड–१९ बाट बँच्नका लागि वोनसममा छन्।
(एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।