• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि एम्बुलेन्समा उपभोक्ताको आर्कषण बढ्दो

64x64
दीपक घिमिरे आइतबार, वैशाख १४, २०७७  ०७:२९
1140x725

भैरहवा- लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देहीले भैरहवामा सुरु गरेको कृषि एम्बुलेन्समा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ। कृषि एम्बुलेन्सबाट तरकारी खरिद गर्ने उपभोक्ताको संख्या दिनप्रति दिन बढ्दै गएको छ।

कडा परिश्रम तथा मेहनतका बाबजुद किसानले उत्पादन गरेका तरकारीको मूल्य नपाउने र उपभोक्ताले पनि बढी मुल्य तिर्नुपर्ने बाध्यता थियो। अझ लकडाउनको समयमा किसानको तरकारी बिक्री नभएर उत्पादन भएकै स्थानमा कुहिने र नेपाली उपभोक्ताहरुले पनि भारतीय तरकारी प्रयोग गर्न बाध्य थिए। तर अहिले भने किसानले उत्पादन गरेका तरकारीको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा ताजा हरियो तरकारी पाइरहेका छन्।

प्रदेश ५ सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कृषि एम्बुलेन्स सुरु भएको हो। कृषकले उत्पादन गरेका तरकारी त्यत्तिकै खेर जाने अवस्थामा कृषि मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जनउत्थान सहकारीले अगुवाइ गरेर सुपथ मूल्यमा उपभोक्ताहरुलाई तरकारी बिक्री गर्न थालेको हो। टोलटोलमै उपभोक्ताले आवश्यक पर्ने ताजा हरियो तरकारी पाएपछि उनीहरु अहिले निकै खुसी छन्।

सिद्धार्थनगर नगरपालिकालाई केन्द्रित गरेर लकडाउनको बेला भारतबाट तरकारीको आयात रोकियोस् र स्वदेशमै कृषकले उत्पादन गरेको तरकारी खेर जान नपाओस् भन्ने उद्देश्यले कृषक र उपभोक्ताबीच जनउत्थानले पुलको काम गरेको अध्यक्ष ज्ञानु पौड्यालले बताइन्। उनले प्रदेश ५ सरकारको भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको सहकार्य एवं सहयोगमा जनउत्थान सहकारीले अगुवाइ गरेर सिद्धार्थनगरभित्र दैनिक कम्तीमा चारवटा टोलमा कृषि एम्बुलेन्सले सेवा दिइरहेको बताइन्। ‘ताजा तथा हरियो तरकारी कृषककै मूल्यमा उपलब्ध गराउने र कृषक/उपभोक्ताबीच सहजीकरण भएको अवस्थामा उपभोक्ताहरु खुसी हुनुहुन्छ’, उनले भनिन्।

दिनहुँ तरकारी किन्ने उपभोक्ताको उत्साहपूर्वक सहभागिता बढेको उनको भनाइ छ। हालसम्म सिद्धार्थनगरका ६ हजार बढी उपभोक्तालाई कृषि एम्बुलन्सले सेवा पुर्‍याइसकेको पौड्यालले जानकारी दिइन्।

Ncell 2
Ncell 2

लकडाउनको अवधिमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन पोषणयुक्त खानेकुरा एकदम महत्वपूर्ण भएकोले रोगसँग लड्ने क्षमता बढाउन पनि हरियो तथा ताजा तरकारीले ठूलो भूमिका खेल्ने पौड्यालको भनाइ छ। पैसा हुँदाहुँदै पनि सहज रुपमा तरकारीको उपलब्धता हुन नसकेको अवस्थामा टोलमै तरकारी पाएर उपभोक्ता पनि खुसी भएको उनले बताइन्। यो कार्यले कृषिको बजारीकरणमा पनि सहयोग पुर्‍याएको उनको दाबी छ।

सहकारीले भैरहवामा प्रत्येक टोल–टोलमा तरकारी बिक्री केन्द्र र र समय तोकेर भीड नहुने गरी तरकारी बिक्री गर्ने व्यवस्था गरेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए।

प्रदेश ५ सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि एम्बुलेन्समार्फत किसानका उत्पादन निर्वाध बजारसम्म पुग्ने र उपभोक्ताले सुपथ मूल्यमा पाउने बताइन्। बाटोमा कहीँ रोकटोक नहोस् र किसानको उत्पादन सहज रुपमा उपभोक्ता माझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरिएको उनले बताइन्। ‘किसानले मुस्किलले उत्पादन गरेका वस्तु, यो बेला पनि किसानसँग सस्तोमा किनेर बढी मुल्यमा विक्री गर्ने प्रवृत्ति छ। यो रोक्न पनि कृषि एम्बुलेन्सले सहयोग गर्छ’, उनले भनिन्।

वितरण प्रणालीमा भैरहवामा जनउत्थान सहकारीले सहयोग गरेको उनले बताइन्। कृषकले उत्पादन गरेका उत्पादन उपभोक्ता समक्ष ल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कृषि एम्बुलेन्स सञ्चालनले किसान र नगरबासी दुवै लाभान्वित हुने बताए।

कृषि एम्बुलेन्समा तरकारी किन्न आएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का नेत्र बहादुर कोइरालाले जनउत्थान सहकारीले गरेको काम सराहनीय भएको बताए। उनले कृषि एम्बुलेन्समार्फत लकडाउनको बेला पनि नागरिकले सुपथ मूल्यमा ताजा तरकारी पाएको बताए। ‘बजारको मूल्यभन्दा धेरै सस्तो र अर्गानिक तरकारी पाएका छौं। मानिसको स्वास्थ्यमा समेत यसले फाइदा पुर्‍याउँछ’, उनले भने।

अर्का उपभोक्ता सुरेश बेल्बासेले हालसम्म राहत नपाएका अवस्थामा कृषि एम्बुलेन्सले राहतकै काम गरेको बताए। त्यस्तै तरकारी खरlद गर्न आएकी गीता गौतमले पनि सस्तोमा तरकारी किन्न पाउँदा साह्रै खुसी लागेको बताइन्। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले पनि लकडाउनको बेला टोलटोलमै सहज तरिकाले तरकारी उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०७:२९
  • #कृषि_एम्बुलेन्स

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
डा. शेखर कोइरालाले भने : ‘बरु हार्न तयार छौँ, निर्वाचनबाट भाग्दैनौँ’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्