• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि एम्बुलेन्समा उपभोक्ताको आर्कषण बढ्दो

64x64
दीपक घिमिरे आइतबार, वैशाख १४, २०७७  ०७:२९
1140x725

भैरहवा- लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था रुपन्देहीले भैरहवामा सुरु गरेको कृषि एम्बुलेन्समा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ। कृषि एम्बुलेन्सबाट तरकारी खरिद गर्ने उपभोक्ताको संख्या दिनप्रति दिन बढ्दै गएको छ।

कडा परिश्रम तथा मेहनतका बाबजुद किसानले उत्पादन गरेका तरकारीको मूल्य नपाउने र उपभोक्ताले पनि बढी मुल्य तिर्नुपर्ने बाध्यता थियो। अझ लकडाउनको समयमा किसानको तरकारी बिक्री नभएर उत्पादन भएकै स्थानमा कुहिने र नेपाली उपभोक्ताहरुले पनि भारतीय तरकारी प्रयोग गर्न बाध्य थिए। तर अहिले भने किसानले उत्पादन गरेका तरकारीको मूल्य पाउने र उपभोक्ताले पनि सुपथ मूल्यमा ताजा हरियो तरकारी पाइरहेका छन्।

प्रदेश ५ सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा कृषि एम्बुलेन्स सुरु भएको हो। कृषकले उत्पादन गरेका तरकारी त्यत्तिकै खेर जाने अवस्थामा कृषि मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिकाको सहयोगमा जनउत्थान सहकारीले अगुवाइ गरेर सुपथ मूल्यमा उपभोक्ताहरुलाई तरकारी बिक्री गर्न थालेको हो। टोलटोलमै उपभोक्ताले आवश्यक पर्ने ताजा हरियो तरकारी पाएपछि उनीहरु अहिले निकै खुसी छन्।

सिद्धार्थनगर नगरपालिकालाई केन्द्रित गरेर लकडाउनको बेला भारतबाट तरकारीको आयात रोकियोस् र स्वदेशमै कृषकले उत्पादन गरेको तरकारी खेर जान नपाओस् भन्ने उद्देश्यले कृषक र उपभोक्ताबीच जनउत्थानले पुलको काम गरेको अध्यक्ष ज्ञानु पौड्यालले बताइन्। उनले प्रदेश ५ सरकारको भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको सहकार्य एवं सहयोगमा जनउत्थान सहकारीले अगुवाइ गरेर सिद्धार्थनगरभित्र दैनिक कम्तीमा चारवटा टोलमा कृषि एम्बुलेन्सले सेवा दिइरहेको बताइन्। ‘ताजा तथा हरियो तरकारी कृषककै मूल्यमा उपलब्ध गराउने र कृषक/उपभोक्ताबीच सहजीकरण भएको अवस्थामा उपभोक्ताहरु खुसी हुनुहुन्छ’, उनले भनिन्।

दिनहुँ तरकारी किन्ने उपभोक्ताको उत्साहपूर्वक सहभागिता बढेको उनको भनाइ छ। हालसम्म सिद्धार्थनगरका ६ हजार बढी उपभोक्तालाई कृषि एम्बुलन्सले सेवा पुर्‍याइसकेको पौड्यालले जानकारी दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनको अवधिमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन पोषणयुक्त खानेकुरा एकदम महत्वपूर्ण भएकोले रोगसँग लड्ने क्षमता बढाउन पनि हरियो तथा ताजा तरकारीले ठूलो भूमिका खेल्ने पौड्यालको भनाइ छ। पैसा हुँदाहुँदै पनि सहज रुपमा तरकारीको उपलब्धता हुन नसकेको अवस्थामा टोलमै तरकारी पाएर उपभोक्ता पनि खुसी भएको उनले बताइन्। यो कार्यले कृषिको बजारीकरणमा पनि सहयोग पुर्‍याएको उनको दाबी छ।

सहकारीले भैरहवामा प्रत्येक टोल–टोलमा तरकारी बिक्री केन्द्र र र समय तोकेर भीड नहुने गरी तरकारी बिक्री गर्ने व्यवस्था गरेको सहकारीका व्यवस्थापक रन बहादुर थापाले बताए।

प्रदेश ५ सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि एम्बुलेन्समार्फत किसानका उत्पादन निर्वाध बजारसम्म पुग्ने र उपभोक्ताले सुपथ मूल्यमा पाउने बताइन्। बाटोमा कहीँ रोकटोक नहोस् र किसानको उत्पादन सहज रुपमा उपभोक्ता माझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरिएको उनले बताइन्। ‘किसानले मुस्किलले उत्पादन गरेका वस्तु, यो बेला पनि किसानसँग सस्तोमा किनेर बढी मुल्यमा विक्री गर्ने प्रवृत्ति छ। यो रोक्न पनि कृषि एम्बुलेन्सले सहयोग गर्छ’, उनले भनिन्।

Xtrem
Xtrem

वितरण प्रणालीमा भैरहवामा जनउत्थान सहकारीले सहयोग गरेको उनले बताइन्। कृषकले उत्पादन गरेका उत्पादन उपभोक्ता समक्ष ल्याउन सहकारीको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कृषि एम्बुलेन्स सञ्चालनले किसान र नगरबासी दुवै लाभान्वित हुने बताए।

कृषि एम्बुलेन्समा तरकारी किन्न आएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का नेत्र बहादुर कोइरालाले जनउत्थान सहकारीले गरेको काम सराहनीय भएको बताए। उनले कृषि एम्बुलेन्समार्फत लकडाउनको बेला पनि नागरिकले सुपथ मूल्यमा ताजा तरकारी पाएको बताए। ‘बजारको मूल्यभन्दा धेरै सस्तो र अर्गानिक तरकारी पाएका छौं। मानिसको स्वास्थ्यमा समेत यसले फाइदा पुर्‍याउँछ’, उनले भने।

अर्का उपभोक्ता सुरेश बेल्बासेले हालसम्म राहत नपाएका अवस्थामा कृषि एम्बुलेन्सले राहतकै काम गरेको बताए। त्यस्तै तरकारी खरlद गर्न आएकी गीता गौतमले पनि सस्तोमा तरकारी किन्न पाउँदा साह्रै खुसी लागेको बताइन्। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले पनि लकडाउनको बेला टोलटोलमै सहज तरिकाले तरकारी उपलब्ध गराउने कार्य प्रशंसनीय भएको बताए।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ०७:२९
  • #कृषि_एम्बुलेन्स

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्