• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, वैशाख २७, २०८२ Sat, May 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
ठेकेदार ओम्नीको स्वार्थमा भरपर्दाे पीसीआर परीक्षणलाई उपेक्षा
64x64
गौरीबहादुर कार्की आइतबार, वैशाख १४, २०७७  १४:४३
1140x725

संसार हल्लाइरहेको कोरोना भाइरस विश्वका २१३ देशमा फैलिइसकेको छ। नेपालमा पनि समुद्रपार र भारतबाट आउनेसमेत गरी ५१ जनामा संक्रमण देखिएको छ। १२ जना निको भए।

नेपालमा २०७६ चैत ११ गतेबाट सुरु गरिएको लकडाउन चौथोपटक १२ दिन थपेर बैशाख १५ सम्म पुर्‍याइयो। अझै थप्ने प्रकृयामा सरकार छ। हवाई उडान जेठ २ सम्मलाई रोकिएको छ। छिमेकी भारतले पनि ३ हप्ताको बन्दाबन्दीपछि १९ दिन थपेर बैशाख २१ सम्म पुर्‍यायो। यो महामारीबाट बँच्न घरमै रहनु नै सुरक्षित उपाय मानिन्छ। विश्वका अधिकांश देशले लकडाउन गरेका छन्। 

कोभिड–१९ परीक्षण गर्ने सम्बन्धमा नेपाल सरकारले गत चैत २२ गते नयाँ निर्णय गरेको छ। कैलाली, कन्चनपुर जिल्लाका सबै क्वारेन्टाइनमा रहेका व्यक्तिहरु र बाग्लुङमा उपचार क्रममा रहेका संक्रमित व्यक्तिहरुको वासस्थान वरपर र तिनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु, २०७६ चैत महिनामा नेपाल प्रवेश गरेका व्यक्तिहरु र तिनीहरुको सम्पर्कमा रहेकासमेत २ लाख व्यक्तिहरुको आरडिटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) प्रविधिबाट कोभिड १९ को परीक्षण गराउनेतिर सरकार लागेको पाइन्छ। 

उक्त प्रविधिबाट परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएका व्यक्तिहरुको पुनः पीसीआर प्रविधिबाट परीक्षण गरी यकिन गर्ने निर्णय भएको छ। यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्तिहरु र कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरुको परीक्षण गर्ने व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको पाइयो।  

नेपालमा दुई पद्धतिबाट कोरोना भाइरसको परीक्षण थालिएको छ। पहिलो आरटिपीसिआर (रियल टाईम पीसीआर पोलिमिरेज चेन रिआक्सन) प्रविधिलाई अति विश्वसनीय मानिन्छ। दोस्रो आरडीटी (र्‍यापिड डायग्नोष्टिक टेष्ट) प्रणालीलाई भरपर्दो नमानिएकाले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन। पीसीआर पद्धतिमा घाँटीको र्‍यालबाट परीक्षण गरिन्छ भने द्रुत भनिने आरडीटी पद्धतिमा रगतबाट परीक्षण गरिन्छ। पीसीआरको परीक्षणमा समय लाग्ने रहेछ। 

अहिले विश्वमा धेरै छिटो १३ मिनेटदेखि बढीमा ४५ मिनेटभित्रै परीक्षण गर्ने पद्धति आईसकेका छन्। तर हामीकहाँ विश्वमा कुन पद्धति र उपकरण चलेका छन् भन्नेतिर त्यति ध्यान दिइएको पाइएन। २१ हजार अमेरिकी डलर खर्च गरेर एक पटकमा एउटामात्र नमूना परीक्षण गर्न सकिने पोर्टेबल पीसीआर मेसिन खरिद गरियो। जबकि त्यति नै मोलमा एक पटकमा ९६ नमूना परीक्षण गर्न सकिने पीसीआर खरिद गर्न सकिने भन्ने विज्ञहरुको भनाइ पाईन्छ। 

भरपर्दो पीसीआर पद्धतिलाई सरकारले उपेक्षा गर्न थालेको पाइन्छ। तर भरपर्दो नभएको परीक्षण गराउनमा सरकार ज्यान छाडेर लागेको छ। कोभिड–१९ को संक्रमण समुदायमा पैmलिन थालेर तेस्रो चरणमा गईसकेको छ। यस्तो अवस्थामा पीसीआरलाई उपेक्षा गरेर अविश्वसनीय आरडीटीलाई प्राथमिकता दिएकोमा विज्ञहरुले चिन्ता गर्न थालेका छन्। देशका १५ ठाउँमा पीसीआर परीक्षण सुविधा पुर्‍याइयो। तर भरपर्दो परीक्षणमा भने दिनहुँ कमी गर्न थालियो। लिइसकेका नमूना परीक्षणमा पनि धेरै कमी ल्याइयो। यो र्‍यापिड टेष्टले संक्रमन ठीक रुपमा पत्ता लगाउने होइन कि संक्रमणको आँकलनसम्म गर्ने रहेछ। 

राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस संक्रमणको यकिन गर्न आरडीटी प्रविधि भरपर्दो नभएकाले देशभर पीसीआर प्रविधिबाट मात्र परीक्षण गर्न गराउन बैशाख १३ गते विज्ञप्तिमार्फत् सरकारलाई निर्देशन दिएको छ। अरु देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नभएकाले पीसीआर परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा तीब्रता दिन सरकारलाई निर्देशन दिएको हो। 

Ncell 2
Ncell 2

आयोगले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुगमनबाट लकडाउन र सामाजिक दूरीको पालना नभएको हुँदा संक्रमणको जोखिम बढ्ने तर्पm पनि सरकारको ध्यानाकर्षण गराएको पाइन्छ। 

वीरगन्ज, उदयपुर, झापा, भोजपुरलगायतमा समुदायमा संक्रमण बढ्न थालेको छ। संक्रमण भेटिएका भोजपुरका साउदीबाट आएका युवकको पत्नी र ससुरालीका गरी पाँच सदस्यमा पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको छ। भारत र हवाई मार्गबाट नेपाल आएकाहरुको सम्पर्क र संगतले धैरैमा संक्रमण भएको हुन सक्नेतिर मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। 

कोरोना संक्रमण परीक्षणमा नेगेटिभ नतिजामात्रै निर्णायक आधार हुन नसक्ने भनी विज्ञहरुको भनाइ पाइन्छ। विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक टेड्रोस आडानोम घेब्रियससले केही हप्ता अगाडि यो महामारीबाट नियन्त्रण पाउन परीक्षण, परीक्षण र परीक्षणको नीति अवलम्बन गर्न सबै देशलाई आग्रह गरेका थिए। 

नेपालको एकमात्र केन्द्रीय प्रयोगशाला र शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विज्ञ डा।शेरबहादुर पुनका अनुसार आरडीटीबाट आउने एन्टीबडीको रिजल्टलाई अन्तिम मान्नु हुँदैन। पीसीआर नै अहिलेसम्मको भरपर्दो पद्धति मान्नु पर्ने उनको भनाइ छ। यही भनाइपछि आरडीटी परीक्षणमा तीब्रता दिईरहेको सरकारले उनलाई कारबाही गर्ने प्रकृया सुरु गरेको थियो । तर सञ्चार माध्यमबाट तीब्र प्रतिकृया आएकाले सरकार पछि हट्यो। 

shivam cement

shivam cement

आरडीटी किटको अविश्वसनीयताले गर्दा भारतमा पनि प्रश्न उठाइएको छ। भारतको राजस्थानले पनि यो द्रूत परीक्षणले बिरामीको रिपोर्ट नै नेगेटिभ देखाएपछि परीक्षण बन्द गरेको पाइन्छ। भारत सरकारले नै यो किटको प्रयोगमा सुरुमा २ दिनका लागि बन्द गरेको पाइन्छ। यो किटको विश्वसनीयतामा प्रश्न उठेपछि इन्डियन काउन्सिल फर मेडिकल रिसर्च ९आईसीएमआर०ले सवै राज्यलाई यस्तो निर्देशन दिएको छ।

विवादित ठेकेदार ओम्नी समूहलाई दररेट माग्दा सामानको सूचीमा नै नपरेको आरडीटी किट ७५ हजार खरिद गर्न सम्झौता गरियो। तेस्रो लटमा यो किट ल्याउने सम्झौता गरियो । तर पहिलो खेपमै ल्याइयो। ७५ हजारको सम्झौता भएकोमा ठेकेदारले १ लाख किट ल्यायो। ठेक्का रद्द गरेपछि गुणस्तर निक्र्यौलपछि मात्र यो किट प्रयोग गर्ने भनी सरकारले भनेको थियो।

 तर सरकारले सम्झौताविपरीत पहिलो खेपमा ल्याइएको यो किट ठेकेदार ओम्नीको स्वार्थमा खपत गराउन लागेको छ। अहिले यही किटबाट छिटो–छिटो परीक्षण गराइँदैछ। विश्व स्वास्थ्य संगठनबाट अनुमोदन नभएकाले गुणस्तर निक्र्यौल पछिमात्र प्रयोग गर्ने भनेकोमा प्रयोग मात्र होइन ठेकेदारले बढी ल्याएको २५ हजारसमेत लिने पक्षमा सरकार लागेको भनिन्छ। यो किटको विश्वसनीयतामा विश्वभर नै शंका गरिएको छ। सरकार आफैंले शंका गरेको किटको गुणस्तर वारे टुंगोमा नै नपुगी प्रयोग गर्न थालियो।   

तीब्र रुपमा सन्चालनमा आईसकेको विश्वसनीय पीपीआर पद्धतिको परीक्षण घटाउनुको कारण सरकारले भनेको छैन। तर अविश्वसनीय आरडीटी किट परीक्षणमा जोड दिइयो। 

चीनबाट विवादित ओम्नी समूहले ल्याएको र्‍यापिड डायग्नोष्टिक टेष्ट किटबाट परीक्षणमा तीब्रता ल्याइएको छ । सरकारले किनेको ७५ हजार यी किट विवादमा आए । बढी संक्रमित स्पेनलगायत युरोपियन मुलुकबाट फिर्ता गरिएको तथा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेकाले यसको विश्वसनीयतामा शंका गरिएको थियो। तर थप अनुसन्धान बिना नै सरकारले अहिले प्रयोगमा ल्यायो।

यो किटको सम्बन्धमा सञ्चार माध्यममा प्रश्न उठेपछि ०७६ चैत १९ मा जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा।खेमबहादुर कार्कीले विज्ञप्ति नै प्रकाशित गरे। उक्त विज्ञप्तिमा मन्त्रालयले उक्त किटको गुणस्तर मापन भएपछि मात्र प्रयोग हुने भनेको थियो । सरकारले ल्याएको ¥यापिड टेष्ट किटको गुणस्तर निक्र्यौल गरेपछि मात्रै प्रयोग हुन्छ, यसको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको भनी विज्ञप्तिमा उल्लेख थियो। 

विवादित किटको गुणस्तर मापन भएपछिमात्र प्रयोग हुने भनी सरकारले नै भनेकोमा अहिले व्यापक रुपमा प्रयोग गर्न थालिएको छ। तर गुणस्तर मापन भएको सम्बन्धमा सरकारले बोलेको पाइँदैन। 

परीक्षणमा तीब्रता हुनु पर्नेमा विवाद छैन। कोभिड पत्ता लगाउन विश्व स्वास्थ्य संगठनले नै परीक्षण, परीक्षण, परीक्षण भनेर जोड दिएको छ। नेपालमा १३ बैशाखसम्म ४९ हजारको कोरोना भाइरस परीक्षण गरियो। र्‍यापिड टेष्ट किटबाट ३९ हजार ६ सय ७० र पीपीआरबाट ९ हजार ६ सय ६४ को परीक्षण भएको छ। ७७ जिल्लामै र्‍यापिड टेष्ट सुरु भएको छ। पीसीआर परीक्षण १५ अस्पतालमा सुरु गरिएको छ । 

पोजेटिभ भनेको कोरोनाको संक्रमण भएको हो। परीक्षण नेगेटिभ आएपछि सुरक्षित भन्ने मानसिकता नेपालका जिम्मेवार पदाधिकारीले लिएको देखिन्छ। नेगेटिभ नतिजामात्रै निर्णायक हुन नसक्ने कुरा विदेशका परीक्षणले देखाएका छन्। भुटानमा एउटै व्यक्तिलाई ३ पटक परीक्षण गर्दा नेगेटिभ आयो। चौथो पटकमा भने पोजेटिभ अर्थात् संक्रमण पुष्टि भएछ। 

तसर्थ रगत र स्वाबको नमूना ठीक रुपमा लिइएको हो होइन भन्नेमा शंका उब्जन्छ । नमूना ठीक रुपमा नलिइएमा पनि संक्रमण नदेखिन सक्छ । नमूना लिइएको मात्रा थोरै भएमा, उचित तवरमा नराखेमा पनि ठीक नतिजा आउन नसक्ने रहेछ। जसरी २०७५ सालमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार गरी हत्या गरिएकोमा भेजिनल स्वाबसँग धेरैको डिएनए परीक्षण गरियो।

तर कसैको पनि मेल खाएन। यौनाङ्गको स्वाब गलत रुपमा लिइएकाले नै कसैसँग मेल खान नसकेको भनिन्छ। जाँच्ने प्राविधिकको ज्ञान,अनुभव, मेसिन चलाउने तरिका आदिमा पनि परीक्षण निर्भर हुन्छ । हामीकहाँ कोभिड परीक्षण भर्खरै सुरु भएकाले यस विषयको तालिम प्राप्त प्राविधिक नै छैनन् भन्दा हुन्छ। काम गर्दै अनुभव लिन थालिएको छ। चिकित्सक र ल्याब टेक्निसियनलाई उचित प्रशिक्षण दिलाइनु पर्दछ।  

कुनै कुनै संक्रमितमा रोगको लक्षण नदेखिने र अरुमा भने सार्ने प्रबल सम्भावना रहेको देखिन्छ। यसप्रकार नेपाल भित्रिएका विदेशी र नेपालीबाटै पनि आगामी २ महिनासम्ममा संक्रमण देखिने प्रबल सम्भावना देखिन्छ। 

संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको पाइन्छ। ५१ जना संक्रमित रहेकोमा र्‍यापिड किटबाट काभ्रे, रौतहट, गोर्खा, धनगढी, लगायतमा थप संक्रमित देखिन आएका छन्। 

भारतबाट आएकी वीरगन्जबाट कैलाली लम्किचुहा पठाइकी ६५ वर्षकी महिलामा संक्रमण देखियो। द्रुत परीक्षणमा उनमा नेगेटिभ देखिएर घर पठाइएको थियो। पछि पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएपछि धनगढी अस्पताल ल्याइयो। 

रगत जाँचबाट कोरोना संक्रमण भए–नभएको पत्ता लगाउने र्‍यापिड टेष्ट किटले कुनै व्यक्तिमा संक्रमण देखायो। घाँटीको र्‍याल (स्वाब) परीक्षण गर्ने पीसीआर मेसिनले तिनै एकै व्यक्तिमा संक्रमण देखाएन। त्यस्तै र्‍यापिड किटले एकै व्यक्तिमा संक्रमण नदेखाएकोमा पीसीआर मेसिनले संक्रमण देखाएको पनि पाइन्छ। यसरी यो रेपिड किट र पीसीआर मेसिनको नतिजाबाट परीक्षण भएकाहरुमा सन्त्रास पैmलिन थालेको छ। एक पटक संक्रमण छ भनेकोमा पछि देखिएन भन्नु र संक्रमण छैन भनेकोमा पछि छ भनी रिपोर्ट आउन थालेपछि ती व्यक्तिमा कस्तो असर पर्ला भन्नेतिर कसले हेर्ने?

त्यस्तै हवाई मार्ग तथा भारतबाट नेपाल पसेका संक्रमितहरु र उनीहरुको संगतबाट अन्य कतिमा सरेको होला भन्ने अनुमान गर्न नै सकिँदैन। स्थिति भयावह हुने अवस्थामा हामी पुग्दैछौं। खुला सिमानाका कारणले सीमा बन्द गरे पनि लुकीछिपी आउनेहरु पनि छन्। सरकारले भारतसँगको सीमामा आवतजावत बन्द गरेको छ। ढिलो भए पनि यो राम्रो निर्णय हो । तर पनि संक्रमण रोकिनेमा ढुक्क हुन भने सकिँदैन। 

बहराइनबाट आएको ४० दिनमा गोर्खा आरुघाटका युवामा र्‍यापिड किटले संक्रमण देखायो। तर पीसीआर मेसिनमा स्वाब परीक्षणमा उनमा संक्रमण देखिएन। 

अहिले कोभिड १९ को संक्रमण परीक्षणमा पनि विदेशबाट आउनेहरु र नेपालमा तिनका संगतमा परेकाहरुको नमूना लिने कार्य ठीकसँग भएको छ छैन भन्नेतिर नियालिनु पर्दछ। र्‍यापिड टेष्ट किटले देखाउने अनि पिसिआरले नदेखाउने अवस्था आएको देखियो। 

र्‍यापिड टेष्ट किटले संक्रमणको लक्षण नदेखाएकाले घर गएकोमा २ हप्तापछि धनगढीमा पिसिआरबाट परीक्षण गर्दा संक्रमण देखियो। १ महिना अगाडि बेलायतबाट फर्केका पेप्सीकोला सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा रेपिड टेष्ट किटले शंका देखाएकोमा पिसिआरबाट आमा छोरामा मात्र देखायो। परिवारकी बुहारीमा भने देखाएन। र्‍यापिड टेष्ट किट र पिसिआरको परीक्षणमा पनि शंका देखिन आयो। कुन ठीक हो भन्ने प्रश्न उठ्दछ। र्‍यापिड टेष्ट मेसिनले संक्रमण नदेखाएकोमा पनि पिसिआरले देखाएको पाइयो। यसर्थ यी दुई परीक्षणको विश्वसनीयतामा पनि शंका गर्नुपर्ने हुन्छ। 

निको भइसकेकामा केहीमा संक्रमण देखिएको कुरा वुहान, फ्रान्स लगायत देशका उदाहरणबाट थाहा पाइन्छ। त्यसकारण पनि परीक्षण ठीक तवरबाट गरिनु पर्दछ। आरडीटी किटमा भर पर्नु उचित हुँदैन।  काभ्रेमा विदेशबाट आएका दुईजनामा आरडीटी किटबाट संक्रमण देखिएकोमा धुलिखेल अस्पतालमा पीसीआर परीक्षणमा देखिएन। सप्तरीमा पनि दुइजनामा त्यही किटबाट संक्रमण देखिएकोमा धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षणमा देखिएन। जनकपुरमा पीसीआरबाट संक्रमण नदेखिएकोमा काठमाडौंबाट देखिन आयो।  
अहिले प्रयोग गरिएको आरडीटी किटले शरीरमा भएको एन्टीबडी ९रोगप्रतिरोधक शक्ति० परीक्षण गर्ने रहेछ। सो एन्टीबडी पनि आईजीएम र आईजीजी भनिने दुई भिन्न प्रकारका हुँदा रहेछन्। संक्रमण भएको तीन दिनपछि मात्र शरीरमा आईजीएम भन्ने एन्टीबडी रसायन बन्ने रहेछ भने कम्तिमा दुई सातापछिमात्र आईजीएमको स्थानमा रोगसँग लड्ने आईजीजी बन्ने रहेछ ।

शरीरमा संक्रमण उत्पन्न हुने अवस्थालाई हेर्दा प्रयोगमा आएको द्रुत किटले संक्रमणको यी दुई अवस्था सिर्जना भईनसकेको अवस्थामा ठीक रुपमा देखाउन नसक्ने अवस्था देखियो। त्यसैले यो किटको परीक्षण पूर्णरुपमा भरपर्दो देखिन आएन। तर परीक्षण गरिएकाहरुमा सरकारी तवरबाट नै कहिले संक्रमण छ भन्ने कहिले छैन भनिने गर्दा सर्वसाधारणमा सन्त्रास पैदा हुन्छ। त्यो सन्त्रास मेट्ने उपाय सरकारले दिन सक्नु पर्दछ। 

हाम्रो परीक्षणको विश्वसनीयता कति छ? शंका देखिन आएमा दोहर्‍याई तेहेर्‍याई परीक्षण गरिनुपर्छ। देशभित्रकै विश्वसनीय प्रयोगशालाका साथै विदेशमा समेत १ प्रतिशतको छड्के परीक्षण गराइनु पर्छ। विदेशमा गरिने परीक्षणबाट नेपालको प्रयोगशालाको विश्वसनीयता पुष्टि हुन्छ। जसबाट नेपालको छिटो परीक्षण गर्ने किट र पीसीआरको परीक्षणमा विश्वसनीय हुन जान्छ।

सामान्य ज्वरोको उपचार हुन नसकी बुटबलमा मर्ने बाबुराम थापा, वीर अस्पतालमा मर्नेहरुको पुनः छड्के परीक्षण गराउनुपथ्र्यो। नमूनामा अहिले परीक्षण गराए पनि हुन्छ। 

गत चैतमा हवाई मार्ग भई विभिन्न देशबाट साढे २१ हजार यात्रु भित्रिए। भारतबाट लाखौं नेपाली भित्रिए। सुदूरपश्चिमका जिल्लामा फागुन २३ गतेबाट चैत १० गतेसम्म १ लाख ४३ हजार मान्छे भारतबाट भित्रिएका समाचार आएका थिए।  भित्रिएकाहरु आपूmखुसी घरमै बसे। पूर्वी नेपाल र अन्य भागमा पनि भारतबाट फर्किनेहरु छन्। भारतबाट आएका लाखौंबाट संक्रमित हुने धेरै जोखिम छ। भारतबाट आउने सबैको पहिचान खुल्नु पर्दछ।

क्वारेन्टाइनमा नबसेका र गाउँघरमा असुरक्षित रुपमा बसेकाहरुबाट भित्रभित्रै संक्रमण बढेर भयाबह स्थिति आउने सम्भावना देखिन्छ। यो द्रुत परीक्षण किटले झन् सन्त्रास बढाईरहेको छ। कोरोना कहरबाट सुरक्षित हुनका लागि पहिचान खुलेकाहरु र अन्य सबैको पीपीआरबाट परीक्षण गराइनुपर्छ।

लेखक विशेष अदालतका पूर्व अध्यक्ष हुन्।

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गौरीबहादुर कार्की
लेखकबाट थप
निर्वाचन आचारसंहिता देखाउनका लागि मात्र हो?
सुपारी, मरिच र केराउ तस्करीलाई कहिलेसम्म 'राष्ट्रिय उद्योग' बनाउने?
उड्ने सिंह राखिने मन्दिर तयार, तर धारामा गाडिएका मूर्ति झिक्न किन विवाद?
सम्बन्धित सामग्री
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर उद्यमी भनेको धेरै जनामा एक जना सफल भएको हुन्छ । त्योपनि अथाह मेहनत, लगानी र ऋणको जोखिम उठाएर । उद्यमीमा पैसा कमाउने र बढाउने बेग्र इ... मंगलबार, वैशाख २, २०८२
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'राजनीतिक परिवर्तनका लागि गरिने आन्दोलनका लागि लोकप्रिय, समय सापेक्ष विचार, दर्शन र आदर्श अगाडि... शनिबार, चैत १६, २०८१
ताजा समाचारसबै
मुलुक प्रधानमन्त्रीले नभई बिचौलियाहरुले चलाइरहेछन् : उपेन्द्र यादव शनिबार, वैशाख २७, २०८२
गीत बजाएको आरोपमा १४ जना पक्राउ शनिबार, वैशाख २७, २०८२
कावासोतीमा मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु शनिबार, वैशाख २७, २०८२
भ्रष्टाचार गर्नकै लागि विमानस्थल बनाइयो: राजेन्द्र लिङ्देन शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्