• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

महामारीपछि वित्तीय क्षेत्र सुधार र अर्थतन्त्रमा चाँदीकाे घेरा

दिवाकर गौतम सोमबार, वैशाख १५, २०७७  ०७:४६
1140x725

देशको आर्थिक विकासको पर्यायवाचीको रुपमा रहेको वित्तिय क्षेत्रको विकास र स्थायीत्व अर्थतन्त्रका लागि महत्वपूर्ण हुन्छ। मुलतः नेपालमा वित्तिय क्षेत्रको कोशेढुंगा १९९४ सालमा स्थापित नेपाल बैंक लिमिटेड नै हो। यस क्षेत्रअन्तर्गत नेपालमा बैंक, पुँजीबजार, बिमा, सहकारी र गैरबैंकिङ वित्तिय (नागरिक लगानी कोष र कर्मचारी संचय कोष) संस्था पर्दछन्। उदारीकरण र निजीकरणको उदयसँगै निजी लगानीबाट सचालित वित्तिय संस्थाको स्थापना हुने क्रम पनि बढ्दै गयो। हाल १६४ वटा वित्तिय संस्था सञ्चालनमा छन्। 

आर्थिक वर्ष २०७५/०७६को कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको ६.३२ प्रतिशशत योगदान र ६.१८ प्रतिशतको वृद्धिदरमा करिब ८९ प्रतिशत हिस्सा बैंकिङ क्षेत्रले मात्र ओगटेको विद्यमान अवस्थामा यस क्षेत्रमा वित्तिय साक्षता, वित्तिय पहुँच र वित्तिय समावशीकरणको माध्यमद्वारा स्थायित्व र विकास अनिवार्य छ। 

सन् २००८को विश्वव्यापी आर्थिक मन्दी वित्तिय क्षेत्रमा संस्थागत सुशासन र समायनुकूल नीतिको अभाव एवं ‘कट् थ्रो कम्पीटिशन’ बाट व्यवसायमा वृद्धि गर्ने सोचको परिणाम हो। फलस्वरुप अर्थतन्त्रले ठूलो मूल्य चुकाउनु पर्‍यो। त्यस्तै छिमेकी मुलुक भारतको एस बैंक डुब्नु अर्को उदाहरण हो।

गुणात्मक रुपले सक्षमभन्दा पनि संंख्यात्मक रुपले धेरै वित्तिय संस्था भए पनि ६०।९ प्रतितशमा मात्र बैंकिङ पहुँच पुगेको छ। त्यसमध्ये अधिकांश व्यवसाय  सहरकेन्द्रित छन्। उत्पादनमूलकभन्दा व्यापारिक र स्पष्ट उद्देश्य नभएका व्यक्तिगत कर्जा अधिक रहेको एवं प्राथमिकताप्राप्त क्षेत्रमा गर्नुपर्ने लगानी करिब ३०।६२ प्रतिशत एवं साना तथा मझौला उद्योगमा ३।२६ प्रतिशतमात्र छन्। करिब ५५ प्रतिशत अनुत्पादक क्षेत्रतिर प्रवाहित भई क्यापिटल आउटफ्लो बढ्ने र विदेशी विनिमय संचितमा चाप पर्ने नेपाल राष्ट्र बैंकका प्रतिवेदनबाट समेत पुष्टि हुन्छ।

संस्थागत सुशासनका सिद्धान्त एवं नियामक निकायले दिएको निर्देशन अक्षरसः पालना नगर्ने, आक्रामक रुपले व्यवसाय बिस्तार गर्ने आन्तरिक रणनीति, व्यवस्थापकहरुले अनावश्यक रुपमा मातहतका कर्मचारीमा दिइने टार्गेट प्रत्यक्ष रुपमा वृत्ति विकास सम्वन्धित भएकाले अल्पकालमा व्यवसायको आकारमा वृद्धि त होला। कालान्तरमा गुणस्तरमै प्रश्न चिन्ह र आयमा नकारात्मक असर परी संस्थाको छवीमा असर पर्न सक्छ।

कार्य सम्पादनका लागि मात्र टिम व्यवस्थानको प्रयोग हुने तर निर्णय प्रक्रियामा हुन नसक्ने, कर्मचारीलाई समयानुकूल पुनर्ताजगीकरण गर्न तालिम तथा विकासको पर्याप्त नहुने, पुराना प्रकृतिका लेखा परीक्षण समयानुकूल नहुने, गतिशील समयसँगै डिजिटल बैंकिङमा अपेक्षित सुधार र सुरक्षित हुन नसक्नु आन्तरिक समस्या हुन्।

अर्कोतर्फ महामारीले सम्पूर्ण अर्थतन्त्र आक्रान्त परेका बेला सरकारी राजस्व परिचालन र अर्थतन्त्रमा परेको कुप्रभाव बैंकको निक्षेपमा तथा कर्जा लगानीमा सिनर्जेटिक रुपमा देखिनेछ। विप्रेषण आप्रवाहमा आउने गिरावटबाट हुने प्रत्यक्ष असर एवं आर्थिक तथा व्यावसायीक गतिविधि ठप्प भएकाले असुलउपर गर्नुपर्ने व्याज तथा साँवा स्थगित छन् भने लकडाउन खुल्नासाथ ती रिकभर हुन पनि सक्दैनन्। जसले बैंकको गुणात्मक सम्पत्तिको स्तर घट्ने एवं आम्दानीमा ठूलो असर पर्ने हुन्छ। 

सरकारको तर्फबाट अनुदान, सहुलियत र सुविधा नआएमा यो क्षेत्र नै धरासायी हुने आँकलन गर्न कठिन छैन। उदाहरणका लागि पर्यटन क्षेत्रमा गरिएको लगानीको ब्याज र साँवा समयमै असुलउपर नहुँदा एकातर्फ निष्क्रिय कर्जाको मात्रा बढ्ने र आम्दानीमा गिरावट आउने हुन्छ भने अर्कोतर्फ नयाँ पुँजी÷लगानी व्यवस्थापन गर्न सक्दैनन्। यसले बैंकको सम्पत्ति र दायित्वको मिसम्याच गराउँँछ, जसबाट आँकलन गरेभन्दा पनि ठूलो दुर्घटना हुन सक्नेतर्फ सजग हुनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्कोतर्फ पुँजी बजारलाई नियमन गर्ने संस्था आफैँ बिरामी र समयानुकूल हुन नसकेकाले सीमित व्यक्तिको एजेन्टको मात्र रहेको आभास हुन्छ। ३८ संस्थाले र्निजीवन र जीवन बिमा तथा एउटाले पुनर्बिमा सेवा प्रदान गरे पनि अर्थतन्त्रको करिब २७ प्रतिशत हिस्सा ओगटेको कृषि क्षेत्रमा सेवा प्रदान गर्न चुकेको छ भनें अन्य क्षेत्रमा पनि सहर केन्द्रितमात्र छ।

संस्थागत सुशासन ठूलो समस्याको रुपमा एवं नियामक निकायको प्रभावकारी व्यवस्थापनको अभावले करिब ३४ हजार ७ सय ३७ सहकारी संस्था व्यवस्थित नभएको एवं उद्देश्य प्राप्तिमा विचलित भएको छ। त्यस्तै गैरबैंकिङ वित्तिय संस्थाका लागि उपयुक्त नियामक निकाय नहुँदा ठूलो मात्रामा संकलित दीर्घकालीन पुँजी उपयुक्त परियोजना अभाव तथा छनोटमा कठिनाइ परेको छ।

अत्यन्तै संवेदनशील क्षेत्र (सिस्टमेटिकल्ली इम्पोर्टेन्ट इन्स्टिच्युसन) मा अर्थतन्त्रका सम्पूर्ण पक्षबाट परेको प्रभावले जनविश्वास कायम गरेका संस्था दुर्घटनातर्फ जाने (र्बैंक रन) र आर्थिक मन्दी आई गरिबी एवं बेरोजगारी जस्ता जटिल प्रकृतिका आर्थिक तथा सामाजिक समस्या आउन नदिन वित्तिय संस्था, नियामक निकाय र नेपाल सरकारको समन्वयात्मक, सहजीकरण र अलग–अलग भूमिकामा देहायका कार्यहरु गनुपर्ने हुन्छ। 

वित्तिय संस्था : आफैँ

Xtrem

Xtrem

१. कर्मचारीहरुलाई महत्वपूर्ण रणनैतिक सम्पत्तिको रुपमा ग्रहण गरी सर्वाङ्गीण विकास मार्फत् कार्यसम्पादन प्रभावकारिता अझ अभिवृद्धि गर्ने एवं सम्पूर्ण निर्णय प्रक्रियामा सार्थक सहभागीता जुटाउन कर्मचारीलाई सशक्तिकरण गरी निर्णयलाई आन्तरिकीकरण गर्ने/गराउने।

२. संस्थागत सुशासन कायम गरी ‘रेपुटेशनल् रिस्क’ बाट जोगाउन प्रचलित ऐेन, कानुन एवं नियामक निकायको निर्देशन अक्षरसः पालना गर्ने।
४. पुराना प्रवृत्तिका आन्तरिक लेखा परीक्षणलाई प्रभावकारी आन्तरिक नियन्त्रण र जाँच प्रणाली विकास गरी सीवीएस र उत्कृष्ट एमआईएमार्फत् वास्तविक समयमै नियन्त्रण र जाँच गर्ने संयन्त्र विकास गरी खर्च कटौती गर्ने।

५. परियोजना छनोट गर्दा उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा लगानी वृद्धि गरी व्यक्तिगत, स्पष्ट उद्देश्य नखुलेका र ट्रेडिङ प्रकृतिका कर्जालाई निरुत्साहीत गर्ने रणनीति अख्तियार गरी क्रमशः लागू गर्ने।

६. व्यक्तिगत चिनजानमा आधारित बैंकिङ व्यवसायलाई पेशागत रुपमा उत्कृष्ट बजार रणनीति अख्तियार गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा गुण्स्तरीय सेवाको छनोट गर्ने वातावरण मिलाउने।

७. विना भेदभाव सम्पूर्ण निक्षेपकर्ता र सेवाग्राहीले सहज रुपमा नियम अनुसारका आवश्यक सेवा प्राप्त गर्ने उपयुक्त वातावरण मिलाई जनबिश्वास कायम राख्ने।

नियामक निकाय : नेपाल राष्ट्र बैंक

१. संस्थागत सुशासन, प्रचलित ऐन कानुन एवं नियामक निकायको निर्देशन पालना गराउने सन्दर्भमा छुट्टै एमआईएस संयन्त्र विकास गरी क्रमशः अनलाईन पद्धतिमा रुपान्तरण गरी प्रभावकारी सुपरीवेक्षण गर्ने व्यवस्था मिलाउने।

२. उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा वृद्धि गर्न आवश्यक छुट एवं सहुलियत प्रदान गर्ने, तथा स्पष्ट उद्देश्य नभएका, व्यक्तिगत र ट्रेडिङ प्रकृतिका कर्जालाई थप कडाइ गर्ने।

३. धितोमुखी कर्जा व्यवस्था र कर्जा नोक्सान व्यवस्थालाई क्षेत्रगत प्रकृति र अन्य सम्भाव्य आधारमा विविधिकरण गरी समयानुकूल बनाउने।

४. बाह्य स्थायित्व कायम गर्न निर्यातमुखी उद्योगलाई थप सहुलियत एवं आयात व्यवस्थापन गर्न अत्यावश्यकवाहेक विलासी र उच्चमूल्ययुक्तका वस्तुको पैठारीमा प्रतिबन्ध लगाउने।

५. शिक्षा मन्त्रालय र नेपाल सरकारसँग समन्वय र वस्तुगत अध्ययन गरी वैदेशिक शिक्षाका लागि सहज रुपमा प्रदान गर्ने कर्जालाई रोकी स्वदेशमै अध्ययनका लागि प्रदान गर्ने कर्जालाई थप सरलीकृत गर्ने, जसबाट प्रतिभा पलायन र ठूलो मात्रामा हुने विदेशी मुद्राको मागमा कमी गर्न सकिन्छ।

६. माग र आपूर्तिमा हुनसक्ने गडबडीको र अन्य संरचनागत समस्याबाट मौद्रिक स्थायित्वमा पर्न सक्ने चापलाई वान्छित दरमा राख्न आवश्यक मौद्रिक व्यवस्था गर्ने।

नेपाल सरकार

१. थला परेका व्यावसायीक क्षेत्रको द्रुत अध्ययन गरी आवश्यक आर्थिक राहत प्याकेजमै ल्याई वित्तिय क्षेत्रमा मूलप्रवाहीकरण गरी अर्थतन्त्रलाई पुनर्ताजगीकरण गर्ने।

२. पुराना उत्पादनका प्रक्रिया एवं तत्सम्बन्धी ऐन कानुन निष्प्रभावी भएका र माहामारीले गर्दा उत्पादन, माग तथा आपूर्तिमा आएको गिरावटका कारण सो क्षेत्रको उत्थान गर्न आवश्यक नीति कार्यक्रम एवं आवश्यक सहुलियत वित्तिय क्षेत्रको सहजीकरणमा प्याकेजमै ल्याउने।

३.पूर्वानुमान गरेभन्दा पनि भयावहको रुपमा हुनसक्ने गरिबी एवं बेरोजगारीजस्ता जटिल आर्थिक तथा सामाजिक समस्या हल गर्न वित्तिय क्षेत्रमार्फत् लगानी वृद्धि गर्न आवश्यक कानुन, नीति, रणनीति एवं कार्यक्रम बनाई लागू गर्ने।

कोभिड १९ ले विश्वभर आतंक मच्चाईरहेको र नेपालले पनि महामारीसँग पौठेजोरी गर्न आफ्ना सम्पूर्ण संयन्त्रलाई युद्धस्तरमा खटाएको छ। महामारीपश्चात् अर्थतन्त्रलाई गतिशील बनाउने एकमात्र खम्बा वित्तिय क्षेत्रमा जनविश्वास गुम्न नदिई सबै पक्षको सहकार्यमा आवश्यक कार्यक्रम एवं सहुलियत प्रदान गरी सम्पूर्ण अर्थव्यवस्थामा चाँदीको घेरा ल्याउन कठिनाइ छैन।

यसबाट संविधानले परिलक्षित गरेका मौलिक हकहरु, राज्यका निर्देशक सिद्धान्त  एवं नीतिहरु क्रमशः कार्यान्वयन भई ‘समृद्ध नेपालः सुखीः नेपाली’ को आकांक्षा पुरा हुनेछ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बुधबार, असोज १४, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, ३ मन्त्री उपस्थित हुँदै बुधबार, असोज १४, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्