नयाँ दिल्ली- भारतमा कोरोना भाइरसका कारण ७ सय ७९ जनाले ज्यान गुमाएका छन्। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ४२ रहेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २ सय १० जना कोरोना निको भएर घर फर्केका छन्। समाचार एजेन्सी एएनआईका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या १४ सय ९० थप भएको छ भने ५६ जनाले ज्यान गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।