काठमाडौं- नेपाली कांग्रेसले गैरकानुनी रुपमा कुवेतमा बसेका नेपालीलाई स्वेदश ल्याउन सरकारसँग आग्रह गरेको छ। करिब ४ हजार गैरकानुनी रुपमा बस्र्दै आएका नेपाली कामदारलाई नेपाल फिर्ता हुन चाहेमा नेपाल पठाउने निर्णय गरेको छ।
गैरकानुनी रुपमा बसेकालाई कानुनअनुसारको दण्ड सजाय मिनाहा गरेर एकमुष्ट आममाफीमार्फत् आफ्नै देश पठाउने निर्णय गरेको छ। कुवेतले कामदार फिर्ता गर्नका लागि आइतबार (भोलि)सम्मको समयावधि दिइएको छ। कुवेतमा रहेका विमान कम्पनीले समेत उडान गर्नसक्ने निर्णय गरेको कांग्रेस जनसम्पर्क समन्वय विभागक प्रमुख गोविन्द भट्टराईले जानकारी दिए।
स्वदेश फर्कन नपाउने कामदार कारबाहीको भागीदार हुनेसमेत जनाइएको छ। नेपाल सरकार र कामदारलाई आर्थिक भार नपर्ने भएकाले नेपाल फर्काउन पहल गर्न भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली दूतावासले नेपालीलाई फर्काउने सन्दर्भमा कुनै प्रक्रिया सुरु नगरेकोप्रति उनले दुःख व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।