एजेन्सी- कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि श्रीलंका सरकारले फेरि २४ घन्टे कर्फ्यू जारी गरेको छ। शुक्रबार ४६ नयाँ बिरामी थपिएका थिए।
योसँगै श्रीलंकामा ४२० संक्रमित पुगेका छन्। कोरोना भाइरसका कारण ७ जनाले ज्यान गुमाएका छन्। नयाँ संक्रमित राजधानी कोलोम्बमा फेला परेका हुन्।
श्रीलंकाले सोमबार देशको दुई तिहाइ हिस्सामा कर्फ्यू कम गर्ने निर्णय गरेको थियो। प्रहरीले अहिलेसम्म कर्फ्यू उल्लंघन गरेको आरोपमा ३० हजार नागरिकलाई पक्राउ गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।