काठमाडौं– भारत सरकारले शनिबारदेखि छिमेक र आवासीय क्षेत्रका किराना पसलहरु सीमितरुपमा सुचारु गर्न अनुमति दिएको छ। कोरोनाविरुद्ध लडन् ‘लकडाउन’ सुरु भएको एक महिनाभन्दा बढी समयपछि यस्तो निर्णय लिइएको अधिकारीहरुले बताएका छन्।
शुक्रबार संघीय गृहमन्त्रीले सामान्य अवस्थाभन्दा ५० प्रतिशत कर्मचारीले उपयुक्त समाजिक दूरी कायम गरेर, मास्क र पञ्जा लगाएर काम गर्न सक्ने बताएका थिए। तर, मदिरा र अन्य आवश्यक नपर्ने सामानको बिक्री वितरणमा लगाइएको प्रतिबन्धलाई भने निरन्तरता दिइनेछ।
त्यस्तै ठूला बजार क्षेत्र, बहु ब्रान्ड र एकल ब्रान्डसहतिका मलका पसल मे ३ देखि खुल्न दिइने छ।
त्यस्तै पाकिस्तानमा पनि सरकाले लकडाउन मे ९ सम्म लम्ब्याएकाे भएपनि सुरक्षा निर्देशिका पालना गर्दै केही औधोगिक र व्यवसायिक क्रियाकलप संचालन अनुमति दिइने भएको रोयटर्सले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।