काठमाडौं– मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता बैशाख १३ देखि १९ गतेसम्म हुने भएको छ। कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टर अध्यक्ष ठाकुर गैरेले जनाकारी दिए।
प्रतियोगितामा सातै प्रदेशका टिमको सहभागिता रहने छ। त्यसका लागि बैशाख ६ र ७ गतेसम्म खेलाडी छनोट सम्पन्न गर्ने आयोजकले जनाएको छ। प्रदेशअन्तर्गत १ को विराटनगर, २ को वीरगन्ज, ३ को काठमाडौं, ४ को पोखरा, ५ को भैरहवा, ६ को सुर्खेत र ७ को धनगढीमा छनोट हुनेछ। एक टिममा १४ खेलाडीसहति १–१ प्रशिक्षक र व्यवस्थापक रहने छन् ।
पहिलो र दोश्रो हुने टिमलाई नगद र खेल सामाग्रीसहित क्रमशः ५ लाख र २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने छ । खेल ३० ओभरको हुनेछ ।
सेन्टरले २०७४ सालमा उत्कृष्ट प्रदर्शन गर्ने १–१ पुरुष/महिला खेलाडी र १ प्रशिक्षकलाई ‘मनमोहन राष्ट्रिय क्रिकेट सम्मान– २०७४’ बाट सम्मान पनि गर्ने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।