एजेन्सी–अमेरिकाले कोरोना प्रभावित मुलुकहरु इक्वेडर, एल साल्भाडर र इण्डानेशियालाई भेन्टिलेटर सहयोग गर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीट गर्दै उक्त घोषणा गरेका हुन्।
उनले इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोसँग कुराकानी भएको र त्यहाँ भेन्टिलेटर आवश्यक भएकाले अमेरिकामा उत्पादित भेन्टिलेटर पठाउने बताए।
यस्तै, उनले दक्षिणी सीमामा अध्यागमनका मुद्दामा सहयोग गरेको भन्दै एल साल्भाडरको पनि प्रशंसा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।