एजेन्सी–कोरोना भाइरस सुरुवातको विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने मागलाई चीनले अस्वीकार गरेको छ।
बेलायतस्थित चिनियाँ कूटनीतिज्ञ चेन वेनले यस्तो माग राजनीतिप्रेरित रहेको र कोरोनाविरुद्ध चीनको लडाइँलाई कमजोर गर्ने प्रयत्न भएको बीबीसीलाई बताए।
चीनमाथि कोरोना भाइरस संक्रमण सुरु भएपछि पारदर्र्शीता नअपनाइएको र सूचनालाई लुकाइएको आरोप पश्चिमा मुलुकले लगाउँदै आएका छन्। भाइरसको सुरुवात चीनको वुहान सहरस्थित पशु बजारबाट भएको अनुमान गरिन्छ ।
युरोपेली संघको रिपोर्टमा पनि चीनले कोरोना भाइरससँग सम्बन्धित सही सूचनालाई सार्वजनिक गर्न नदिएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा लगातार चीनको आलोचना गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।