सोउल- दक्षिण कोरियामा कोरोना भाइरसका कारण मृत्यु हुने क्रम रोकिएको छ। पछिल्लो २४ घन्टामा कुनै पनि बिरामीको मृत्यु नभएको बिबिसीले जनाएको छ।
अप्रिल महिनामा पहिलो पटक मृत्युको संख्या शून्य भएको हो। सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पछिल्लो २४ घन्टामा जम्मा ६ जनामात्र नयाँ संक्रमित फेला पारेका छन्।
१८ फेब्रुअरीदेखि पहिलोपटक मृत्युको श्रृंखला रोकिएको हो। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार दक्षिण कोरियामा १० हजारभन्दा धेरै संक्रमित रहेका छन्। मर्नेको संख्यामात्र २४० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।