• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अध्यादेशले छाडेका बदमासीका डोबहरु

64x64
किशोर दहाल शुक्रबार, वैशाख १२, २०७७  १८:१०
1140x725

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको पहिलो सरकारलाई कांग्रेस र एमालेको एउटा समूहले लगाउने आरोपमा समानता थियो- सत्ता कब्जा गर्ने अभिप्रायले ‘यस्तो काम’ गरियो। खोज्दै गए वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको त्यस्तै आरोपको पनि अर्काइभ भेटिएला। 

सरकारले ल्याएको पछिल्ला दुई विधेयक फरक सन्दर्भ र उद्देश्यबाट प्रेरित थिए। तिनको घाँटी भने उतिबेला माओवादी सरकारलाई लगाइने ‘सत्ता कब्जा’ जस्तै केही चिजमा जोडिन्छ।

थप शक्तिशाली बन्ने र पार्टीहरुमा भद्रगोल निम्त्याउने प्रधानमन्त्रीको पछिल्लो प्रयास असफल भए पनि यसमाथि चर्चा भने जरुरी छ।

राजनीतिक दलसम्बन्धी अध्यादेश अन्य दल फुटाउने (विशेषगरी समाजवादी/राजपा) उद्देश्यमा ल्याइएको थियो। समाजवादीलाई फुटाउने, फुट्नेहरुलाई केही आकर्षक व्यवस्था गर्ने र आफू अनुकूल संविधान संशोधनमा उनीहरुलाई पनि प्रयोग रणनीति त यस प्रकरणसँग जोडिएका सांसदहरुले नै सार्वजनिक गरिसकेका छन्।

अध्यादेशको अतिरिक्त फाइदा भनेको प्रधानमन्त्री ओलीलाई पार्टीभित्रै सुरक्षित समीकरणमा बस्न पनि सघाउ पुग्ने हो। 

नेकपाभित्र संविधान संशोधनको बहस अनेक कोणबाट भइरहेका छन्। राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुने सदस्यको संख्या बढाउने तथा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्ने प्रयास खुला रुपमै भएको भएको हो। पाँच वर्षे कार्यकालको अन्तिमतिर संविधानमाथि दलीय, गुटीय वा प्रधानमन्त्रीय झिनाझम्टी कति पर्छ, अहिल्यै निर्क्यौल गर्न सकिने विषय होइन। यद्यपि, पछिल्लो समय सरकारले ल्याइरहेको विवादित कानुनहरुले त्यसको धेरथोर संकेत मिल्छ। ती शंकास्पद छन्।

नागरिकका मुख थुन्ने वा प्रधानमन्त्री लगायतका नेकपाका केही  नेतालाई मलजल गर्ने संशोधनको प्रयास नहोला भन्न सकिने स्थिति पनि छैन। त्यसका लागि सरकारलाई आफ्नै दल नेकपाका अतिरिक्त साक्षी बस्ने अन्य दलहरु चाहिएको छ। राजनीतिमा त्यसको थप अर्थ हुन्छ।

समाजवादी वा राजपालाई फुटाउन गरिएको प्रयासको अन्य कोण पनि छन्। पहिलो त, प्रतिशोध साँध्ने प्रवृत्तिको परिणाम हो। सरकारमै रहँदा प्रधानमन्त्री ओली र उपेन्द्र यादवबीच सहज सम्बन्ध थिएन। तिक्त सम्बन्धको प्रतिशोध साँध्ने प्रयासमा प्रधानमन्त्री पहिल्यैदेखि थिए भन्ने समाजवादीकै नेताहरु भनिरहेका छन्। सो पार्टीभित्रको जटिलता र सकस बुझेका प्रधानमन्त्रीले आफ्नो प्रहार पनि त्यहीँ केन्द्रित गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

राजपामाथि पनि उनको बक्र दृष्टि थियो। विशेषगरी सो पार्टीबाट सरकारमा जान खुट्टा उचालिरहेका केही नेतालाई उनी प्रयोग गर्ने प्रयासमा थिए।

उसै पनि मधेस केन्द्रित दलहरुसँग ओलीको सम्बन्ध खासै राम्रो होइन,पहिल्यैदेखि। संविधान जारी हुने सेरोफेरो र त्यसपछि उनले मधेस केन्द्रित दललाई आक्षेप लगाउन कुनै कसर बाँकी राखेका थिएनन्। उनको मनभित्र रहेको ती पार्टी र नेताप्रतिको बुझाइ बेलाबेलामा बौरिन सक्छ। जुन अस्वभाविक होइन।

केपी ओलीले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिँदा तत्कालीन संघीय समाजवादी फोरम र राजपाले उनकै पक्षमा मत दिएका थिए। फोरम त सरकारमै पनि सहभागी भयो। तर, अहिले दुवै विपक्षमा पुगेका छन्। समर्थन पनि फिर्ता लिएका छन्।

प्रतिशोध र चाहनाको दायरा हुँदैन। ओलीमा पनि हुने कुरा भएन।

Xtrem

Xtrem

अर्कोतिर, संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले उनको चाहना छताछुल्ल पारिदिएको छ। उनी संवाद र सहमतिबाट अघि बढ्नुपर्ने र शक्ति सन्तुलनको सिद्धान्त पछ्याउनुपर्ने ऐनको मर्मलाई कुल्चिन चाहन्छन् भन्ने अध्यादेशले पुष्टि गर्छ।

संविधानअनुसार, संवैधानिक परिषद्‌मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, उपसभामुख सदस्य हुन्छन्। उपसभामुखको पद अहिले रिक्त छ। अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपुरक सङ्ख्या पुगेको मानिने व्यवस्था ऐनमा छ।

परिषद्को बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने, नसकेमा अध्यक्ष (प्रधानमन्त्री) ले पुनः अर्को बैठक बोलाउन लगाउने र सो बैठकमा पनि सहमतिबाट निर्णय हुन नसकेमा परिषद्का सम्पूर्ण सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था छ।

अध्यादेशमा भने ऐनमा रहेको पहिलो बैठकमा ‘सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन’ भन्ने व्यवस्था हटाइयो। गणपुरक नपुगेको वा सर्वसम्मत निर्णय नभएमा २४ घण्टाको समय दिएर अर्को बैठक बोलाउने व्यवस्था गरियो। त्यस्तो बैठकमा अध्यक्ष (प्रधानमन्त्री) सहित तत्काल बहाल रहेका बहुमत सदस्यहरुको उपस्थितिले बहुमतबाट निर्णय गर्ने सक्ने व्यवस्था गरियो।

अर्थात्, अहिले कायम रहेका पाँचमध्ये तीनजना मात्रै उपस्थित भए भने बैठक बस्ने र बहुमत अर्थात् दुई जनाले निर्णय गर्ने सक्ने व्यवस्था गरियो। कुनै यस्तो बैठक हुनसक्थ्यो कि प्रधानमन्त्री केपी ओली र उनी निकट भनिने राष्ट्रियसभा अध्यक्ष मिलेर आवश्यक निर्णय लिनसक्ने थिए।

यसरी संवैधानिक परिषद्‌मा हालिमुहाली गर्न सकिने प्रावधान ल्याइयो। संवैधानिक परिषद्को मर्म भुल्ने काम भयो।

पार्टीभित्र र बाहिर पनि आफ्नालाई मात्रै बोक्ने र त्यसको विषयमा छलफल र संवाद पनि नचाहने छबि बनाएका प्रधानमन्त्री ओलीले विभिन्न आयोगहरुमा पनि त्यस्तै प्रवृत्ति दोहोर्‍याउन खोजेका हुनसक्ने शंका अध्यादेशले बढाएको छ। 

सरकारले चाहेको गर्न पाउने वैधानिक अधिकार हुन्छ। तर, त्यसको कानुनी आधार तयार गरिनुपर्छ। सार्वजनिक औचित्य पुष्टि हुनुपर्छ। आन्तरिक पार्टी बैठकमा मुसुक्क हाँसेर अर्को दल फुटाउन ल्याएको भनेर अध्यादेशको दलिय स्वार्थ पुष्टि गर्न सकिएला तर सार्वजनिक औचित्य पुष्टि हुन सक्दैन। कानुन पनि अमुक दल वा नेता तोकेर ल्याउने प्रवृत्तिको नयाँ तर असफल सुरुवात भएको छ।

कानुन बनाउने काम संसदको हो। सरकारको नेतृत्व गरिरहेको पार्टीको बहुमत हुने भएकाले उसले चाहेका जुनसुकै कानुन संसदबाट पास हुनसक्छ। यसअघि तीव्र विवादका बीच कतिपय विधेयकहरु ऐन बनेका उदाहरण छन्। दलको सीमित समूहबाहेक सबैको आवाजलाई बेवास्ता गरिएका छन्। त्यसैले सरकारले चाहेको कानुन ल्याउन समस्या छैन। तर अध्यादेशरुपी कानुन ल्याउँदा त्यो बाटो छ भन्ने भुल्न खोजिएको छ। छल्न खोजिएको छ।

अमुक दल फुटाइहाल्नुपर्ने, संवैधानिक निकायमा तत्कालै नियुक्त गरिहाल्नुपर्ने हतारो प्रधानमन्त्रीको नियतसँग जोडिएको छ। आम मान्छे एउटा संकटसँग जुधिरहेको बेला, घरभित्र थुनिएको बेला र आम बहस बिना गरिने यस्ता कामलाई लोकतान्त्रिक भनिँदैन।

जे होस्, अध्यादेश खारेज गर्ने भनेर सरकारले निर्णय गरिसकेको छ। तर, अध्यादेश खारेज भए पनि नियत खारेज हुँदैन। त्यसको बदनियतपूर्ण डोब नेपाली राजनीतिमा बसिसकेको छ। यसबीचका केही काण्डहरुले झन्डै अढाइ दशकअघिको इतिहासको सम्झना पनि गराइदिएको छ।

अर्कोतिर, सरकारले सोचेजति काम गर्न नसकेको प्रष्टै छ। दाबी एकातिर होला। त्यसलाई बल पुर्‍याउने सर्वेक्षणका नतिजा पनि होला तर आफूले गरेको वाचा,आफूप्रतिको अपेक्षा र कामको गति र प्राथमिकताले सबै कुरा स्पष्ट पारिरहेकै छ। त्यहीमाथि, भ्रष्टाचारका अनेक काण्डहरु सार्वजनिक भइरहेकै छन्। प्रधानमन्त्रीको मुखबाट आक्षेप, गाली सार्वजनिक भइरहेकै छन्। काम गर्न नसकेपछि मान्छे रिसाउँछ। अर्कालाई गाली गर्छ। षड्यन्त्रलाई दोष दिन्छ। रहस्यहरुको सिर्जना गर्न थाल्छ। पत्रकारले फोटो भिडियो खिचेको र अपलोड गरेको विषयमा समेत षडयन्त्र सूत्र प्रतिपादन त्यसै भएको होइन। डराएको मान्छे कि चुप लाग्छ, कि ठूलो स्वरमा कराउँछ। प्रधानमन्त्रीको स्वर ठूलो हुनुको पनि कारण छ।

कोरोना भाइरसको महामारीका बीच सरकारको सुस्त तयारी, भ्रष्टाचार, सेनाको साथ आदिजस्ता विषय चर्चामा थिए। केही चिज त सिर्जना गर्नु नै थियो, विवादको यो भुमरीलाई विषयान्तर गराउन। अध्यादेशले सफलतापूर्वक त्यो काम गरेको छ।

अध्यादेश किन ल्याइयो, किन खारेज गरियो भन्ने विषयमा प्रधानमन्त्रीले कुनै दिन जवाफ देलान्। तर, ११ वर्षअघि त्यतिबेलाका एमाले नेता र अहिलेका प्रधानमन्त्री ओलीको कटाक्ष यहाँ दोहोर्‍याउनु उचित नै होला। प्रचण्ड सरकारबाट हटेपछि माओवादी सके जति बल लगाएर प्रधानमन्त्री माधव नेपालका विरुद्ध आन्दोलन गरिरहेको थियो। सडकमा रोईकराई नगर्न सम्झाउँदै ओलीले २०६६ कात्तिकमा एउटा चियापान समारोहमा भनेका थिए- 'बाँदरलाई नरिवल दियो भने मिलाएर खान जान्दैनन्। फुटाउँछन्। नौ-दस महिना त दिएकै हो नि।'

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १८:१०
  • #ओली
  • #दल_फुटाउने_अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्