• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भैंसेपाटी भेलापछि अध्यादेश फिर्ता हुनेमा आशंका

64x64
वीरेन्द्र ओली बिहीबार, वैशाख ११, २०७७  २३:२२
1140x725

काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ६ जना सचिवालय सदस्यहरूको भैंसेपाटी भेलाले सरकारले हालै ल्याएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ अबिलम्ब फिर्ता गर्नु पर्ने निष्कर्ष निकालेको छ। तर सो अध्यादेश फिर्ता हुने वा नहुनेमा आशंका यथावत् नै छ। प्रधानमन्त्रीले बिहीबार दिनभर पनि अध्यादेश फिर्ताको कुनै प्रक्रिया सुरु गरेनन्।

बिहीबार बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको भेटमा अध्यादेश फिर्ता गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका थिए। तर दिनभर प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्नेसम्बन्धी कुनै प्रक्रिया अघि नबढाएपछि साँझ भैंसेपाटीस्थित नेता वामदेव गौतम निवासमा नेताहरू भेला भएका हुन्। 

अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलसहितका नेताहरूले पारित अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निर्णय गरेको हो। ‘अध्यक्ष प्रचण्डसहित सचिवालयका ६ जना कमरेडहरू बस्यौं,' सचिवालय सदस्यले भने, ‘प्रधानमन्त्रीज्यूले पारित गरेको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने निष्कर्ष निकाल्यौं।’ 

यता भैसेपाटी भेला सकिएलगतै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच समसामायिक विषयलाई छलफल गर्न भन्दै भेटघाट भएको छ। बिहीबार बेलुका ७ बजे आसपास भएको भेटमा राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको बुझिएको छ। अध्यादेशलाई नेकपाभित्रैका नेताहरूले प्रतिष्ठाको विषय बनाएपछि तत्काल फिर्ता हुनेमा शंका देखिएको हो।

अध्यादेश फिर्ता गराउन भइरहेका घटनाक्रम 
अध्यादेशलाई लिएर पार्टीभित्र समेत धुर्वीकरण बढेपछि बिहीबार नेकपा अध्यक्ष ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए। अध्यादेश र त्यसले नेकपाभित्र बढाएको ध्रुवीकरणबारे दुवै अध्यक्षबीच भएको छलफलपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ताका लागि सहमत भएका थिए।

मन्त्रिपरिषद्‍मा अध्यादेश ल्याउने निर्णय भएदेखि नै नेकपाभित्रकै केही घटकले अध्यादेशको विरोध गर्दै आएका छन्। सचिवालय बैठकमा पनि यसको विरोध भएको थियो। तर पार्टी कुनै निष्कर्षमा पुग्नु अगाडि नै राष्ट्रपतिले अध्यादेश प्रमाणित गरेर प्रधानमन्त्री ओलीलाई सजिलो बनाइदिएकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको प्रतिरोधमा बुधबार बेलुका प्रचण्ड र माधव नेपाल समूहका २० भन्दा धेरै स्थायी कमिटीका नेताहरुले पत्र नै लेखेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेपछि ओली झस्किए। पार्टीमा आफूविरुद्ध ध्रुवीकरण बढ्ने खतरा देखेका प्रधानमन्त्री बिहानसम्मा अध्यादेश फिर्ता गर्ने विषयमा सकारात्मक बनेको झल्को देखाइदिए।

स्थायी कमिटीका प्रभावशाली नेताले पत्र नै लेखेपछि अप्ठ्यारोमा परेका ओलीले कानूनी पाटोको विषयमा बिहीबार बालुवाटारमा छलफल गरेका थिए। अरु सचिवालय सदस्यको सन्देशसहित प्रचण्ड बालुवाटार भेट्न गएपछि ओली अध्यादेश फिर्ता गर्न सहमत भएको स्रोतले बताएको थियो।

 
विश्लेषक श्याम श्रेष्ठ

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अध्यादेश फिर्ता नगर्ने स्थिति आए प्रधानमन्त्री मात्रै होइन, नेकपाले समेत ठूलो मूल्य चुकाउने अवस्था आउने सक्ने देखेको बताए। ‘पार्टीमा स्थायी कमिटी बैठक डाकिने छ। त्यहाँ कुनै न कुनै निर्णय हुन सक्छ,’ श्रेष्ठले भने, ‘सरकारलाई पार्टीबाट थप असहयोग गर्ने क्रम बढ्ने छ। उस्तै हुँदा पार्टी फुट्न सक्ने सम्भावना हुन सक्छ। प्रदेश २ समेत सरकारमा फेरबदल आउनु सक्ने अवस्था आउने सम्भावना हुन सक्छ।’  

हरेक निर्णयमा किन विवादित हुन्छ ओली सरकार?
निर्वाचनबाट बहुमतप्राप्त नेकपाबाट प्रधानमन्त्रीमा केपी शर्मा ओलीले ३ फागुन ०७४ मा जिम्मेवारी सम्हालेपछि अपेक्षा चुलिएका थिए। ओलीले जिम्मेवारी सम्हालेको एक वर्षसम्म प्रमुख प्रतिपक्षी दल कांग्रेसले समेत सत्तापक्षको व्यवहार देखाएको भन्दै आलोजना भयो। मिडियादेखि जनस्तरबाट समेत प्रधानमन्त्री ओलीको आलोचना गर्नेको संख्या न्यून थियो। ओली सरकारले वर्ष दिनपछि पनि जनताले अपेक्षा गरेजति काम गर्न नसकेपछि आलोचना हुन थालेको हो। 

Xtrem

Xtrem

प्रधानमन्त्रीका सल्लाहकार सल्लाह दिन सक्ने हैसियतका नभएपछि एकपछि अर्को विवादित हुँदै गएको राजनीतिक विश्लेषक श्रेष्ठले बताए। ‘प्रधानमन्त्रीको वरिपरि यो हुँदैन भन्ने सल्लाह दिने सल्लाहकार नै छैनन। सबै सल्लाहकार धुपौरे छन्,’ श्रेष्ठले भने,‘ प्रधानमन्त्रीले अस्वस्थ कुरा उठाएपनि मिल्दैन भन्ने आँट गर्ने मान्छे कोटरीमा छैन।’ 

कोरोना कहरमा चिप्लँदै सरकार
विश्वव्यापी रूपमा फैलँदै गएको कोरोना भाइरस नेपालाई आक्र्रान्त पर्ने सम्भावना बलियो थियो। चीनसँग सीमा जोडिएको नेपाललाई विश्व स्वास्थ्य संगठनले समेत उच्च जोखिममा भएको भन्दै विशेष सतर्कता अपनाउन सुझाव दिएको थियो। नेपालले ढिलो गरी चैत ११ गतेदेखि लकडाउन गरेपनि संक्रमणको अवस्था काबुबाहिर गएको छैन भन्न सकिन्छ। सरकारले लकडाउन गरेकै भरमा सम्पूर्ण जस लिने सम्भावना बलियो छ। सरकार एकपछि अर्को गर्दै विवादित काम गर्दै गएपछि जस लिन सक्ने ठाउँमा भएको सरकार उल्टै आलोचित भएको छ। ‌ओलीको नेतृत्वमा अढाई वर्षमा अलोकप्रिय काम गरेको क्षतिपूर्ति हुनेवाला थियो। कोरोना माहामारीका बेला सरकार विवादित नभएको भए चुनावमा समेत फाइदा लिन सक्ने सम्भावना धेरै रहेको राजनीतिक विश्लेषक श्रेष्ठको तर्क छ। 

‘जति यसअघि अलोकप्रिय काम गरेका थिए। त्यो सबै क्षतिपूर्ति गर्ने अवसर थियो। यति गरेपछि जनताले क्षमा गर्ने पनि थिए होला,’ श्रेष्ठले भने, ‘ओलीको नाकाबन्दीको जस्तै उनको नेतृत्व हुने थियो। त्यो सम्भावना देखापनि परेको थियो सबै पार्टी एक ढिक्का भएर लागेका थिए।’ एकपछि अर्को विवादमा पर्दै गएपछि ओली सरकारको भएको साखसमेत गुमेको श्रेष्ठको तर्क छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बनेको उच्चस्तरीय समिति बढी विवादित बनेको छ। चीनबाट ल्याउने औषधिसहित मेडिकल सामग्री खरिद सम्झौतामा सरकार व्यापक आलोचित भयो।

महामारीका बेला मेडिकल सामग्री खरिदमा प्रधानमन्त्रीका सल्लाहकारदेखि रक्षामन्त्री मुछिएपछि सरकार आलोचित बन्यो। यस्तै काठमाडौंदेखि देशका विभिन्न ठाउँ जाने मजदुरलाई गन्तव्यमा पुर्‍याउने काममा सहजीकरण गर्न नसक्दा पनि सरकार थप आलोचित बन्दै गएको छ। यसैगरी अध्यादेश सरकारको आलोचना गर्ने अर्को एक विषय बनेको छ।

कम्युनिस्ट सरकारबाटै सबैभन्दा धेरै मजदुर पीडित भएको भन्दै प्रमुख प्रतिपक्ष मात्रै होइन सत्तापक्षकै नेताहरुले समेत विरोध गरे। महामारीका बेला दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याएपछि भएको सरकारको साखसमेत सबै गुमेको छ।  महामारीका बेला सरकारको ध्यान राहत र उद्धारमा खटिनुपर्नेमा उल्टै दललाई नै विभाजित गर्ने गरी ऐन संशोधन गरेपछि सर्वत्र विरोध भएको छ। सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेपनि त्यसको क्षतिपूर्ति हुने सम्भावना एकदमै कम छ।     
 
विवाद कायमै
प्रधानमन्त्री ओलीले पार्टीका कुनै पनि निकायमा छलफल नै नगरी दल फुटाउन सजिलो हुनेगरी जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेको बताइएपनि पार्टीमा विवाद कायमै छ। सचिवालयदेखि स्थायी कमिटी, केन्द्रीय कमिटी कुनै निकायमा निर्णय नगराई अध्यादेश ल्याएकाले यस्ता प्रवृत्ति विरुद्ध लड्न पनि बैठक बस्नुपर्ने नेताहरूले मत राखेका छन्। अध्यादेश फिर्ता भएपनि छलफल गर्नुपर्ने धेरै विषय भएकाले बैठक बोलाउनुपर्ने अवस्था आएको नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए। 

 

‘अहिलेलाई प्रधानमन्त्रीज्यूले पार्टीमा धेरै विवाद हुने देखिएपछि अध्यादेश फिर्ता गर्छु भन्नुभएको छ। त्यो विषय तत्काललाई टर्‍यो,’ पौडेलले भने, ‘सरकार र पार्टीका अन्य धेरै विषयमा बैठकमा छलफल हुनु पर्नेछ। बैठक बोलाउनुपर्छ।’ 

बिहीबार ओली-प्रचण्डको भेटमा अध्यादेश फिर्ता गरी स्थायी कमिटी बैठक बोलाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ। सरकारले पार्टीमा कुनै निर्णय नै नभई एक्लौटी ढंगले काम गर्दै आएकाले बैठक छलफल हुनुपर्ने नेताहरूले माग राख्दै आएका छन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  २३:२२
  • #Prime Minister
  • #ncp

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार राष्ट्रिय सभागृहमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मनोनयन भइरहेको छ । मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी रिजालले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन्। मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता शिवाकोटीले मंगलबार पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुला सहमहामन्त्री पदका लागि आफ्नो मनोनयन दर्ता गराएका हुन् । मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालले दिए उपसभापतिमा उम्मेदवारी मंगलबार, असोज २०, २०८३
खुल्ला सह महामन्त्रीमा अजयबाबु शिवाकोटीद्वारा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्