काठमाडौं–भारतको उत्तर प्रदेशका तीन क्वारेन्टाइनमा २३ दिनदेखि ३ सय ३५ नेपाली रहेका छन्। रुपन्देही जिल्ला प्रशासनका अधिकारीहरु बुधबार साँझ नेपालीको अवस्था बुझन् महाराजगन्जको नौतनवा कलेजको क्वारेन्टाइनमा पुगेका थिए।
नेपाली अधिकारीहरु जाँदा त्यहाँ रहेका नेपालीहरुले आक्रोश व्यक्त गरेका थिए। रुपन्देही जिल्लाका प्रशासकीय अधिकृत छलिलाल भट्टराई, धुव्र नेपाल र बेलहियाका प्रहरी निरीक्षक इश्वर अधिकारी नेपाली नागरिकको अवस्था बुझ्न पुगेका थिए।
भारतमा लकडाउन सुरु भएपछि ३३५ नेपालीलाई नौतनवाको दुई र सुनौलीको एक क्वारेन्टाइनमा राखिएको थियो। उनीहरु आफूलाई २३ दिनदेखि भारतीय क्वारेन्टाइनमा राखिएको र नेपाल छिर्न नदिएको भन्दै आक्रोसित भएका थिए। उनीहरुले आफूहरुलाई नेपाल जान दिनुपर्ने माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।