काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थर्मल गन र मास्कमा कालोबजारी गर्ने तिनकुनेको देउती सर्जिकल एण्ड साइन्टिफिक हाउसलाई कारबाही गरेको छ।
ज्वरो नाप्ने थर्मल गन र एन ९५ मास्क वास्तविकभन्दा बढी मूल्यमा बेचेको भेटिएपछि उक्त औषधि पसललाई विभागले बुधबार २ लाख रुपैयाँ जरिवाना गराएको हो।
बैशाखयता मात्रै मास्क, स्यानिटाइजर, सर्जिकल सामग्री र अन्य औषधिमा कालोबजारी तथा बढी मूल्य असुली गर्ने ८ वटा औषधि र सर्जिकल सामग्री बेच्ने पसललाई विभागले कारबाही गरिसकेको छ।
विभागले बढी मूल्य असुली र नाफाखोरी गर्ने व्यवसायीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।