• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेश जारी गरेर सरकार चाैबाटोमा निर्वस्त्र : आचार्य

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ११, २०७७  ११:३०
1140x725

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले सरकारले ल्याएको अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी बनाएको भन्दै आपत्ति जनाएका छन्। अध्यादेश संविधान विपरीत र अमान्य भएको उल्लेख गदैं नेता आचार्यले अध्यादेश बदर गर्नुपर्ने कारणहरु बुदाँगत रुपमा प्रधानमन्त्रीलाई सुझाएका छन्।

नेता आचार्यले प्रधानमन्त्रीलाई पत्र लेख्दै अध्यादेशले शक्ति सन्तुलन र नियन्त्रणको संविधानको प्रबन्धलाई भत्काएको जनाएका छन्। अध्यादेश जारी गरेर सरकार अहिले चाैबाटोमा निर्वस्त्र भएकाे उल्लेख गर्दै नेता आचार्यले सत्तारुढ दलका पक्षपोषकलाई चाटुकारको संज्ञा दिएका छन्। चाटुकारहरु सत्ताको स्तुति गर्न व्यस्त रहेको उनकाे आरोप छ।

संवैधानिक अंगमा निष्पक्ष र स्वतन्त्र संवैधानिक हैसियत भत्काउने कार्य अध्यादेशले गरेको उनले उल्लेख गरेका छन्। उनले असंवैधानिक र अमान्य अध्यादेश भएकाले स्वतः बदर गर्न माग गरेका छन्। संविधानका धाराहरुको स्मरण गराउँदै प्रधानमन्त्रीलाई नेता आचार्यको प्रश्न छ, ‘संसदमा संशोधन विधेयक प्रस्तुत गर्ने अवसर हुँदाहुँदै अध्यादेशको दुरुपयोग किन गर्दैछ?’

प्रधानमन्त्रीलाई कांग्रेस नेता आचार्यले लेखेको पत्रः
असंवैधानिक र अमान्य छ अध्यादेश सम्माननीय प्रधानमन्त्रीज्यू!
१. हाम्रो संविधानको धारा १ मा लेखिएको छ- यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ। सरकारले भर्खरै जारी गरेका अध्यादेश हाम्रो संविधानसँग बाझिएका छन्। त्यसैले यी अध्यादेश असंवैधानिक, अमान्य र बदरभागी छन् र हुनुपर्छ।

संविधानको धारा २८४ ले प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र सदस्यको नियुक्ति गर्न संवैधानिक परिषद् नामको एउटा विशिष्ट संरचनाको व्यवस्था गरेको छ जस्मा प्रधानमन्त्री अध्यक्ष तथा प्रधान न्यायाधीश, सभामुख , राष्ट्रियसभाका अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख सदस्य हुन्छन्।संवैधानिक परिषद् जस्तो विशेष संरचना बनाएर संविधानले प्रधान न्यायाधीश र संवैधानिक आयोगका अध्यक्ष र सदस्यको नियुक्तिको सिफारिस गर्ने अधिकार मन्त्रिपरिषद् वा प्रधानमन्त्री एक्लैको होइन भन्ने स्पष्ट व्यवस्था गरेको छ।

संवैधानिक परिषदमा यस्ता नियुक्तिको सिफारिस गर्दा संविधानको धारा ७५ अनुसार देशको कार्यकारिणी अधिकार प्रयोग गर्ने प्रमुख व्यक्ति प्रधानमन्त्री, धारा १२६ अनुसार न्यायसम्बन्धी अधिकार प्रयोग गर्ने प्रधान न्यायाधीश तथा धारा १०९ बमोजिम संसदको व्यवस्थापकीय अधिकार प्रयोग गर्ने प्रमुख व्यक्ति सभामुख, अध्यक्ष र उपसभामुखको उपस्थिति र निर्णयमा सहभागिता अनिवार्य गरिएको छ। त्यतिमात्र होइन संविधानले निर्णय प्रक्रियामा विपक्षी दलको नेताको उपस्थितिसमेत अनिवार्य गरेर व्यापक राष्ट्रिय सहमतिको आधार बनाउन चाहेको छ। संविधान निर्माणको चरणमा यी सबै विषयमा व्यापक छलफल गरेर यस्तो संरचना बनाइएको हो। यो संरचनाले राज्यको कार्यकारी अंग, न्यायपालिका र संसदका बीच शक्ति संतुलन र नियन्त्रणको मर्म पनि र व्यापक राष्ट्रिय सहमतिको मर्मसमेत बोकेको छ।

देशको न्यायसम्बन्धी अधिकार प्रयोग गर्ने न्यायपालिकाको प्रधानन्यायाधीश र संवैधानिक आयोगका अध्यक्ष र सदस्यले सरकार वा अन्य कसैको कुनै पनि भय र प्रलोभनबाट मुक्त भइ स्वतन्त्र र निष्पक्ष ढंगले काम गरुन भन्ने अभिप्रायले संविधानमा नियुक्तिको सिफारिसको यस्तो निष्पक्ष व्यवस्था गरिएको हो। तर, सरकारले जारी गरेको अध्यादेशको व्यवस्थाले संवैधानिक परिषदको गणपुरक संख्या, उपस्थिति र निर्णय प्रक्रियालाई परिवर्तन गरी प्रधानमन्त्रीको चाहना र हस्तक्षेप निर्णायक हुने व्यवस्था थोपरेको छ।अध्यादेशको व्यवस्था अनुसार अब विपक्षी दलको नेतामात्र होइन, प्रधानन्यायाधीश वा सभामुखको अनुपस्थितिमा समेत प्रधानमन्त्रीले आफूले चाहेको निर्णय गराउन मिल्नेछ।

यस्तो व्यवस्था द्वारा अध्यादेशले संवैधानिक परिषदको स्वतन्त्र र निष्पक्ष हैसियतमात्र होइन न्यायपालिका र निर्वाचन आयोग, लोकसेवा, अख्तियारलगायतका निकायको निष्पक्ष र स्वतन्त्र संवैधानिक हैसियत भत्काइ दिएको छ। शक्ति संतुलन र नियन्त्रणको संविधानको प्रबन्धलाई भत्काएको छ र प्रधानमन्त्रीलाई स्वेच्छाचारी बन्ने बाटो बनाएको छ। त्यसैले यो अध्यादेश संविधान विपरीत, अमान्य र स्वतः बदरभागी हुनपुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको दबाब र प्रभावबाट मुक्त राखिएको संवैधानिक परिषदको ऐन संशोधन गर्दा परिषद स्वयंको निर्णय र स्विकृती नभई सरकार एक्लोले सरोकारवाला संस्थालाई छलेर अपारदर्शी निर्णय गर्न कसरी मिल्छ? यस्तो महत्वपूर्ण ऐनको संशोधन सरोकारवाला निकायले आफ्नै निर्णय र आवश्यकताका आधारमा, संसदले खुला छलफलद्वारा विज्ञको परामर्श समेत लिई गर्नुपर्नेमा संसदलाई छलेर स्वेच्छाचारी तवरले अध्यादेश ल्याउनु असंवैधानिक छ, त्यसैले यो अमान्य छ।

संविधानको धारा ११४ अनुसार संसद नचलेको अवस्थामा 'तत्काल केहि गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ' भन्ने व्यवस्था छ। यहाँ राष्ट्रपति, देश र जनताले सरकारलाई सोध्नुपर्ने एउटा गम्भीर संवैधानिक प्रश्न थियो र अझै छ- के त्यस्तो तत्काल गर्नु आवश्यक परेको अवस्था आएको थियो सरकारलाई? दुई साता अघिसम्म संसद चलेको थियो, अब दुई साताभित्रै संसदको अधिवेशन डाक्नु पर्ने संवैधानिक स्थिति छ।

सरकारले संसदमा संशोधन विधेयक प्रस्तुत गर्ने अवसर हुँदाहुँदै अध्यादेशको दुरुपयोग किन गर्दैछ? देश र जनता कसैले यो प्रश्न सोध्न र यस्को उत्तर पाउन सकेनन्। मन्त्रिपरिषदका सदस्य, सत्तारुढ दल वा विपक्षी दलले यस्तो प्रश्न गर्न पाएनन्। सम्माननीय राष्ट्रपतिसँग माैका थियो सोध्ने 'संविधानको पालन र संरक्षण गर्ने आफ्नो प्रमुख कर्तव्य निर्वाह गर्ने,' तर हतारमा अध्यादेश जारी भयो र संविधान आहत भयो।

यो अध्यादेश जारी गरेर सरकार अहिले चाैबाटोमा निर्वस्त्र छ र चाटुकारहरु सत्ताको स्तुति गर्न व्यस्त। जनता भने कोरोनाको पीडाले संत्रस्त छन् र संविधान सभाले बनाएको संविधानलाई क्षत विक्षत पारिदै गर्दा लकडाउनमा बस्न अभिशप्त।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२. संविधानको धारा २७० अनुसार राजनैतिक दलको गठन गर्न र संचालन गर्न राज्यले प्रतिबन्ध लगाउन नसक्ने व्यवस्था गरेको छ। दलको विचारधारा र कार्यक्रमलाई जनता सम्म लैजान पनि राज्यले कुनै प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको छ।

यो असाधारण लोकतान्त्रिक अधिकारसँगै देशको विद्यमान कानुनी व्यवस्थाले दलहरूलाई  विभिन्न प्रभाव र दबाबमा पारेर फुटाउने कार्यलाई पनि  निरुत्साहित गरेर संविधानले चाहेको राजनैतिक स्थिरता सुनिश्चित गर्ने प्रबन्ध गरेको छ। पार्टीको  कार्य समिति र संसदीयदल दुबैको ४० प्रतिशतले निर्णय गर्दा मात्र पार्टीको विभाजन हुने विद्यमान व्यवस्थाले राजनैतिक दल, संसद र सरकारलाई  एक किसिमको स्थिरता प्रदान गरेको हो।

यस बाहेक प्रधानमन्त्री भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने, अविश्वास प्रस्ताव विफल भएपछि १ वर्ष सम्म पुनः प्रस्ताव राख्न नपाउने, अविश्वासको प्रस्ताव राख्दा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने संविधानको धारा १०० को व्यवस्थाले सरकारको स्थिरताको ग्यारेन्टी र मनपरि पार्टी फुटाउने प्रवृत्तिलाई समेत निरुत्साहित गरेको छ। तर अहिले जारी भएको अध्यादेशले पार्टी  वा संसदीय दलका मात्र  ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने व्यवस्था गरेर संविधानले सुनिश्चित गरेको राजनीतिक स्थिरताको प्रबन्धलाई भत्काइदिएको छ। यस अर्थमा पनि जारी अध्यादेश संविधानको मर्म र भावना विपरीत छ।
महेश आचार्य
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ?
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा
सम्बन्धित सामग्री
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा उनले सरकार सञ्चालनमा कमजोरी देखिए कांग्रेसको पनि विशेष जिम्मेवारी हुने उल्लेख गरे । आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! प्रहरी हिरासतमा रहेका इनमको मोबाइल प्रहरी अनुसन्धानकै क्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा लगिएको र इनमसँगको कन्भर्सेसन... आइतबार, कात्तिक २९, २०८३
तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको चेतावनी सरकारले नागरिकको विश्वास गुमाउँदै गएको उनले बताए । आइतबार, कात्तिक २९, २०८३
ताजा समाचारसबै
काठमान्डूले टस जित्यो, पोखरा ब्याटिङमा आइतबार, कात्तिक २९, २०८३
नियुक्तिपत्र बुझे दानबहादुर कार्कीले, अब प्रधानमन्त्री कार्यालयमा काम गर्लान् ? आइतबार, कात्तिक २९, २०८३
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा आइतबार, कात्तिक २९, २०८३
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! आइतबार, कात्तिक २९, २०८३
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्