काठमाडौं– नेपाली कांग्रेसका कार्यकर्ता सरकारले ल्याएको लकडाउनकै अवधिमा अध्यादेश विरुद्ध उत्रन थालेका छन्।
नयाँ बानेश्वर संसद भवनको दक्षिण गेट अगाडि सरकारले ल्याएको अध्यायदेश खारेज र लोकतन्त्रको रक्षा गर्न भन्दै विरोध प्रर्दशन गरिएको छ। नेविसंघका पूर्व अध्यक्ष रञ्जीत कर्णको नेतृत्वमा सामाजिक दुरी कायम गरी प्रर्दशन गरेको नेबिसंघ नेता भुवन भट्टले जानकारी गराए।
अध्यादेशको विरोधमा प्रदर्शनमा दर्जन बढी संघका नेविसंघका कार्यकर्ता सहभागी थिए। सहभागीले संविधानको मर्म विपरित ल्याइएका लोकतन्त्र विरोधि अध्यादेश खारेज गर्न माग गरेका थिए।
लोकतन्त्र दिवसको समय पारेर लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लडकाउनमा समेत विरोधमा उत्रन परेको कर्णले बताए।
लकडाउनकै समयमा रामेछापको बेथानमा समेत मौन जुलुस गरिएको छ। अध्यादेश र भ्रष्टाचार विरुद्ध रामेछापको सुनापती ४ मा मौन जुलुस प्रर्दशन गरिएको नेविसंघका दीपेन्द्र खड्काले जानकारी दिए।
मौन जुलुसमा २ सय बढी प्रर्दशनकारी सहभागी भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।