• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटमा शिक्षाको तयारी : सामुदायिक विद्यालय सबलीकरणदेखि भर्चुअल कक्षासम्म

64x64
प्रजु पन्त बिहीबार, वैशाख ११, २०७७  ०९:५०
1140x725

काठमाडौं- शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले अगामी आर्थीक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रमका लागि बृहत छलफल अघि बढाएको छ। मन्त्रालयका योजना तथा अनुगमन महाशाखा सहसचिव कमलप्रसाद पोखरेलले राष्ट्रिय योजना आयोगबाट ५८ अर्बको सिलिङ पाइसकेको जनाएका छन्।

स्थानीय र प्रदेश तहमा जाने सशर्त अनुदान भने यसमा गणना हुने छैन। वित्तीय हस्तान्तरणमार्फत् स्थानीय तह र प्रदेश तहमा बजेट जानेछ। 

पछिल्लो १० वर्षको बजेट हेर्ने हो भने शिक्षा क्षेत्रमा ९ देखि २० प्रतिशतकै आसपासमा बजेट बिनियोजन हुने गरेको छ। बजेटको ठूलो अशं शिक्षकहरुको तलब-भत्तामा नै खर्च हुँदै आइरहेको मन्त्रालयले जनाएको छ। 

‘विगतका वर्षजस्तै बजेटको ठूलो अ‌श तलबमा जान्छ,’ सहसचिव पोखरेलले भने, ‘त्यसका अलावा सामुदायिक विद्यालय सबलीकरण, प्राविधिक व्यावसायिक शिक्षा र उच्च शिक्षा अबको आर्थिक वर्षमा प्राथमिकतामा परेका छन्।’ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकृत माधवप्रसाद दाहालका अनुसार प्रस्तावित कार्यक्रममा सामुदायिक विद्यालय सबलीकरणसँगै प्रत्येक जिल्लामा पर्ने गरी नमुना विद्यालयको संख्या १०५० मा पुर्‍याइने,  ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक विद्यालय स्थापना गर्नेलगायतका प्रमुख योजना रहेका छन्। यसैगरी विगतजस्तै यस वर्ष पनि विभिन्न प्रकारका छात्रवृति बालिका, दलित, मुस्लिम ,गरीब, जेहेन्दार तथा अल्पसंख्यक समुदायलाई दिने कार्यक्रम यथावत रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सामुदायिक विद्यालयमा कक्षा १० सम्म नि:शुल्क पाठ्यपुस्तकको कार्यक्रम पनि यथावत रहने  गरी छलफल गरिएको उनले बताए। ‘वैकल्पिक शैक्षिक पद्धति अनलाइन तथा भर्चुअल कक्षाका लागि पनि हामीले छलफल गरेका छौँ,’ सूचना अधिकृत दाहालले भने,‘लकडाउन अथवा विपत्ति आउँदा अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी हुने देखियो। यसमा बजेट विनियोजन हुनुपर्ने हाम्रो धारणा छ।’ 

त्यस्तै स्थानीय तहलाई सशर्त अनुदान जाने पनि दाहालले बताए। जसलाइ विद्यालयले तोकिएको क्षेत्रमा खर्च गर्नुपर्ने छ। पुस्तकालय, विज्ञान प्रयोगशाला, भवन निर्माणका लागि स्थानीय तहमा बजेट जान्छ भने प्रदेशका लागि शैक्षिक गुणस्तर,स्थानीय तहलाई अभिमुखीकरणका लागि बजेट जान्छ। 

उच्च शिक्षाका लागि विश्वविद्यालय अनुदान शाखामा बजेट पठाइने सूचना अधिकृत दाहालले बताए। अर्थमन्त्रालयले भने कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा बढी बजेट बिनियोजन हुन सक्ने भन्दै शिक्षाको बजेटका सबै प्रस्तावित कार्यक्रममा बजेट बिनियोजन हुन नसक्ने जानकारी आएको दाहालले बताए।

‘अर्थ मन्त्रालयले शिक्षामा काटिन सक्छ भनेको छ,' दाहालले भने, ‘त्यसो भयो भने सबै प्रस्तावित कार्यक्रमहरु पारित नहुन सक्छन्।’ 

कुन वर्ष कति बजेट? 

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयलको विगत १० वर्षको बजेट बिनियोजन एकै प्रकारको देखिँदैन।  आर्थिक वर्ष २०६६/६७ मा बजेट सबैभन्दा बढी १७.१ प्रतिशत पुगेको थियो। आव २०६८/६९ मा १६.६ प्रतिशत, आव २०६/७० मा १५.७ प्रतिशत बजेट छुट्याइएको थियो। त्यस्तै आव२०७०/७१ मा १५.६, आव २०७१/७२ मा १३.९, आव २०७२र७३ मा १२.३ प्रतिशत, आव २०७३/७४ मा ११.६ प्रतिशत, आव २०७४/७५ मा ९.९ प्रतिशत विनियोजन गरिएको थियो। 

लगातार ८ वर्ष घटेको बजेट आव आव २०७५/७६ मा भने केही प्रतिशत बढाइएको थियो। कूल बजेटको १०.२३ छुट्याइएको थियो भने २०७६/ ७७ मा १०.६३ प्रतिशत बजेट बिनियोजन गरिएको थियो।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७  ०९:५०
  • #Budget077

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको  हो । शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक पछिल्लो समय भैरहवा सेजमा करोडौँ लगानी गरेको पञ्चकन्या एसएस एक्सपोर्ट प्रालिले उद्योग बन्द गरेर बाहिरिन खोज्दा आफ्नै लगानीमा निर्मित... शनिबार, भदौ ६, २०८३
कालीमाटीमा कुन तरकारी–फलफूल कति ? हेर्नुहोस् आजको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउनमा मात्रै एक खर्ब ८७ अर्बको सामान आयात गर्दा ३८ अर्बको निर्यात शनिबार, भदौ ६, २०८३
भ्युज गणना गर्ने तरिकामा परिवर्तन गर्दै युट्युब शनिबार, भदौ ६, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी शनिबार, भदौ ६, २०८३
नक्कली र झुटा प्रतिवेदन बनाउने सरकारी अस्पतालका चिकित्सकले लापरबाही गरे भ्रष्टाचार मुद्दा चल्छ शनिबार, भदौ ६, २०८३
उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्