काठमाडौं–सरकारले त्याएको अध्यादेश खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।
नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेको थियो। नेविसंघका पूर्व अध्यक्ष रन्जीत कर्णको अगुवाइमा निस्केको विद्यार्थी समूहले संघीय संसद अगाडिको सडकमा केहीबेर प्रदर्शन गरेको थियो।
प्रदर्शनपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले विरोध गर्नुपर्ने बताए। नेपाल विद्यार्थी संघको यो समूहले आजबाट नियमित रुपमा सरकारको विरोधमा ठाउँ–ठाउँमा प्रदर्शन गर्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।