काठमाडौं- समाजवादी पार्टी नेपाल फुटाउन सरकारले सहयोग गर्ने संकेत मिलेपछि मधेस केन्द्रित दुई दल मध्यरात एक भएका छन्। तर पार्टी फुट्ने खतरा भने टरेको छैन। संघीय संसदमा ४० प्रतिशत सांसद पुर्याएर बसेको समाजवादीको अर्को समूहले घोषणा गरिसकेको छैन तर अझै फुटको घोषणा गर्न सक्ने सम्भावना कायम छ।
समाजवादीका ७ सांसदको गोप्य भेला भइरहेको बुझिएको छ। समाजवादी पार्टीकी उपाध्यक्ष रहेकी सांसद रेणु यादवसहित सांसद महम्मद इस्तियाक राई, प्रदिप यादव, उमाशंकर अरगरीया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङले नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेका छन्।
समाजवादी र राजपा भावानात्मक रुपमा मध्यरात जुटे पनि उनीहरु वैधानिक रुपमा एक हुन बिहीबार कार्यालय समय कुर्नुपर्ने भएको छ। त्यसअघि नै अर्को समूहले फुटको घोषणा गरेर निर्वाचन आयोग र संघीय संसद् सचिवालयलाई जानकारी दियो भने समाजवादीलाई फुटबाट जोगिन मुस्किल पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।