काठमाडौं- पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन्। उनलाई प्रहरीको टोलीले कुसुन्तीस्थित उनको घरबाटै पक्राउ गरेको हो।
अवकाश जीवन बिताइरहेको भए पनि उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय थिए। केही दिनअघि स्वास्थ्य सचिव यादव कोइरालासँग उपाध्यायको सामाजिक सञ्जालमा नोकझोक भएको थियो। उनलाई पक्राउ गरिनुको कारण पनि सोही घटनासँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ।
उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टैको हिरासतमा राखिएको छ। बुधबार नै अपहरण शैलीमा पक्राउ परेका पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका डा सुरेन्द्रकुमार यादवलाई भने काठमाडौं ल्याइँदै गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।