काठमाडौं- प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरुलाई विभिन्न सामाजिक सञ्जालहरुको ग्रुपबाट हट्न निर्देशन दिएको छ।
प्रहरी संगठनप्रति नै नकरात्मक प्रचार गर्ने र त्यस्ता सन्देश आदानप्रदान हुने फेसबुक, म्यासेन्जर, ट्वीटर, भाइबरलगायतमा प्रहरी कर्मचारी आबद्ध भएको पाइएकाले सो निर्देशन जारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बुधबार हेडक्वाटरले पत्र लेख्दै प्रहरी नियमावलीमा भएको व्यवस्था, नेपाल प्रहरीको सञ्चार माध्यम सम्बन्धी नीति २०६० एवम् सामाजिक सञ्जाल व्यवस्थित तवरले प्रयोग गर्नेसम्बन्धी गाइड लाइन २०७१ मा स्पष्ट व्यवस्था भएको हुँदा हुँदै पनि कतिपय प्रहरी अधिकारी संगठनकै नकरात्मक प्रचार हुने सामाजिक सञ्जालको ग्रुपमा आबद्ध भएका पाइएकाले हट्न निर्देशन गरिएको पत्रमा उल्लेख छ।
अन्यथा प्रहरी नियमावली बमोजिम कारबाही हुने हेडक्वाटरले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।