• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाबाट ज्यान गए विदेशमै दाहसंस्कार, अन्य शव लकडाउनपछिमात्रै ल्याइने

64x64
नेपाल लाइभ बुधबार, वैशाख १०, २०७७  २०:२२
1140x725

काठमाडौं- सरकारले कोरोनाका कारण ज्यान गुमाएका नेपाली श्रमिकहरुको सम्बन्धित गन्तव्य मुलुकमै दाहसंस्कारको व्यवस्था गर्ने भएको छ। कोरोना सरुवा रोग भएका कारण यो रोग लागि ज्यान गुमाएका श्रमिकहरुको उतै दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावासमा पत्राचार गरिसकेको छ। 

ओमानका लागि नेपाली राजदूत सर्मिला ढकाल पराजुली भन्छिन, ‘मृतकका आफन्तहरुसँग समन्वय गरी कोरोनाका कारण ज्यान गुमाएकाहरुको दाहसंस्कार सम्बन्धीत मुलुकमै गर्न भनेर सरकारले हामीलाई पत्र पठाएको छ। ओमानमा भने अहिले कोरोनका कारण कोही पनि नेपालीलाई कोरोना पुष्टि भएको छैन। यो सुखद् कुरा हो।’

कोरोना बाहेक अन्य कारणले ज्यान गुमाएर शव अलपत्र परेको अवस्थामा नरहेको राजदूत ढकालको भनाइ छ। 

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास पनि सरकारले कोरोनका कारण ज्यान गुमाएकाहरुको जहाँ ज्यान गुमाएको हो त्यहीँ अन्त्येष्टि गरिने गरी परिवार तथा त्यहाँको सरकारसँग समन्वय भइरहेको बताउँछन्। 

राजदूत सुन्दास भन्छन्, ‘अन्य विभिन्न कारणले ज्यान गुमाएकाहरुको शवहरुको पनि परिवारले यहिँ सम्बन्धित मुलुकमै अन्त्येष्टि गर्न इच्छुक हुनुभयो भने यही हुन्छ। नेपाल ल्याएरै अन्त्येष्टि गर्ने इच्छा राख्नुभयो भने लकडाउनपछि सुरक्षित रुपमा नेपाल पठाइनेछ।’ 

nimb
nimb

कोरोनाका कारण २८ नेपालीले गुमाए ज्यान 
विदेशमा कोरोनाका कारण २८ जना नेपालीले ज्यान गुमाएका छन्। गैह्रआवासीय नेपाली संघ (एनआरएनए)को कोभिड(१९ उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, युएईमा २ र आयरल्याण्डमा १ गरी २८ नेपालीको ज्यान गएको हो। 

अन्य कारणले ज्यान गुमाएका ८० भन्दा बढी शव अलपत्र 
मलेसिया, खाडीलगायतका मुलुकमा कोरोना बाहेक अन्य विभिन्न कारणले ज्यान गुमाएका ८० भन्दा बढी शव अलपत्र अवस्थामा छन्। ती शव आफन्तहरुसँग समन्वय गरेर आफन्तहरुले सहमति दिएमा विदेशमै दाहसंस्कार गर्ने र आफन्तहरु असहमत भए लकडाउनपछि स्वदेश ल्याइने श्रम मन्त्रालयले जनाएको छ। 

यो विषय संवेदनशील विषय भएकाले सरकारले शव व्यवस्थापनका सम्बन्धमा गम्भीर छलफल गरिरहेको श्रम मन्त्रालयका सहसचिव सुमन घिमिरेले बताए।

‘अहिले सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द छन्। शव ल्याइदेऊ भन्दा पनि विदेशबाट शव ल्याइदिने अवस्था पनि छैन। लकडाउन खुलेपछि कोरोना बाहेक अन्य कारणले ज्यान गुमाएकाहरुको शव ल्याइन्छ‚’ सहसचिव घिमिरेले भने।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने
भोटेकोशी बाढी: पीडितको उद्धार र राहतका लागि एनआईसी एसिया बैंकले गर्‍यो २ करोड २१ लाख सहयोग
बाढीपीडितका लागि पूर्व प्रधानमन्त्री कार्कीले दिइन् एक महिनाको पेन्सन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सानिमा बैंकले बाढीपहिरो प्रभावितका लागि २ करोड २५ लाख सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: पीडितको उद्धार र राहतका लागि एनआईसी एसिया बैंकले गर्‍यो २ करोड २१ लाख सहयोग बिहीबार, भदौ ११, २०८३
बाढीपीडितका लागि पूर्व प्रधानमन्त्री कार्कीले दिइन् एक महिनाको पेन्सन बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इप्पानको ५ करोड ५ लाख ५० हजार सहयोग घोषणा बिहीबार, भदौ ११, २०८३
राहत तथा पुनर्स्थापनाका लागि रेड बुलद्वारा २ करोड सहयोग बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्