काठमाडौ- समाजवादी विद्यार्थी यूनियनले आफ्ना संगठनका सचिव हेमराज थापालाई कीर्तिपुरका विद्यार्थीलाई राहत बाडेको नाममा प्रहरीले निर्घात कुटपिट गरेको भन्दै निन्दा गरेको छ।
बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष रुपनारायण श्रेष्ठले कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले बैठकमा बोलाएर कुटपिट गर्नुका साथै कीर्तिपुर नछोडे ज्यान मार्ने धम्की दिएकोप्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
लकडाउनमा बिचल्लीमा परेका विद्यार्थीलाई राहत बढ्ने क्रममा राज्यबाटै रोकिनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ। ‘हाम्रो संगठन निर्दोष विद्यार्थीमाथि कुटपिट गर्दै ज्यान मार्ने धम्की दिने र चरित्र हत्या गर्ने कार्यमा संलग्नमाथि कानूनी कारबाहीको माग छ।’ श्रेष्ठले विज्ञप्तिमा उल्लेख गर्दै भने‚ ‘पुरस्कृत गर्नुपर्ने विद्यार्थीमाथि दमन गर्ने हास्यास्पद र निन्दनीय सरकारको रवैया नसच्याए कडा प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।