काठमाडौं- सरकारले अध्यादेश जारी गरेपछि चिढिएको कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
लकडाउन सकिएको दुई दिनपछि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको हो। सरकारले जारी गरेको दुई अध्यादेशविरुद्ध पार्टीको रणनीति तय गर्न बैठक बोलाएको बताइएको छ।
१७ गते बुधबार १ः०० बजे बोलाइएको बैठकमा आमन्त्रित केन्द्रीय सदस्यलाई समेत बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।