काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं गोल्डेन्स र महेन्द्रनगर युनाइटेडबीचको दोस्रो क्वालिफायर खेल वर्षाका कारण स्थगित भएको छ।
बुधबार साढे १२ बजेका लागि भएको खेल सुरु हुने वित्तिकै वर्षा भएको थियो। पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २ ओभरमा विनाविकेटको क्षतिमा ८ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। मेहन्द्रनगरक कप्तान विनोद भण्डारी ३ र आसिफ शेख ४ रन बनाएर खेलिरहेका थिए।
अब खेल बिहीबार साढे १२ बजे हुने आयोजकले जनाएको छ।
यसअघि महेन्द्रनगरले एलिमिनेटरमा सिवाइसी अत्तरियालाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। काठमाडौंले भने पहिलो क्वालिफायरमा टिम चौराहा धनगढीसँग पराजित भएपछि दोस्रो क्वालिफायरमा मौका पाएको हो।
महेन्द्रनगर र काठमाडौंबीचको विजेताले शुक्रबार धनगढीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।