काठमाडौ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ ले अहिलेको सरकारलाई सामाजिक फासिवादी संज्ञा दिँदै सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुन अनुरोध गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको उपलक्ष्यमा शुभकामना दिँदै विप्लवले सबै आम नेता कार्यकर्ता र सर्वसाधरणलाई एकिकृत क्रान्तिमा एकताबद्ध हुन आग्रह गरेका हुन्।
‘अहिलेको सरकार दलाल पुँजीवादी राज्यसत्ता र सर्वदलीय व्यवस्थाको जालिझेली भ्रष्ट, राष्ट्रघाति एवं जनघाति दलाल चरित्रमा डुबेर बदनाम असफल संकटग्रस्त ओली सरकार कुनैपनि हालतमा सत्ता छोड्न चाहँदैन।’ विप्लवले भनेका छन्।
अहिलेको सरकारले दलाल पुँजीवादी सत्ताको रक्षा गर्दै क्रान्तिकारीहरु माथि फासिवादी दमन चलाएको विप्लवको विज्ञाप्तिमा उल्लेख छ। केशरजंग रायमाझी, मनमोहन अधिकारी, केपी ओली, प्रचण्ड र बाबुराम भट्टराई संशोधनवादी, अवसरवादी, आत्मसमपर्णवादी र विर्सजनवादीका कारण बहुसंख्यक जनताले चाहना गरेको समाजवाद प्राप्त गर्न नसकेको विप्लवले आरोप लगाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।