काठमाडौं- कोरोना भाइरस (कोभिड-१९)को संकटबीच साइप्रसमा रहेका नेपालीको सुरक्षाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँका राष्ट्रपति निकोस अनास्तासीडेसँग टेलिफोन संवाद गरेका छन्।
बुधबार भएको टेलिफोन संवादमा त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा आफूले चासो राखेको प्रधानमन्त्री ओलीले बताएका छन्।
‘आज दिउँसो साइप्रसका महामहिम राष्ट्रपतिसँग मेरो टेलिफोन संवाद भयो,’ उक्त कुराकानीबारे ट्वीटरमार्फत जानकारी दिँदै ओलीले भनेका छन्, ‘त्यहाँ रहेका विद्यार्थीसहित अन्य पेशामा संलग्न नेपालीहरूको बारेमा मैले आफ्नो चासो राखें। उहाँले नेपालीहरूको उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरोमा पर्न नदिनेमा मलाई आश्वस्त पार्नुभयो।’
साइप्रसमा अहिलेसम्म ७ सय ८४ जनालाई कोरोना संक्रमण भएको छ भने १२ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।