काठमाडौं– चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ। कोरोना भाइरस (कोभिड– १९) विरुद्ध लड्न तिब्बत सरकारले नेपाललाई दिएको करिब सवा ८ करोड रुपैयाँको स्वास्थ्य सामग्री बुधबार नेपाललाई हस्तान्तरण गरिएको हो।
चिनियाँ पक्षले तातोपानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ विशेषज्ञ रोशन पोख्रेललाई उक्त सामग्री हस्तान्तरण गरेको हो। गत चैत २८ गते तिब्बत सरकारले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।
नेपालाई प्रदान गरेको सामग्रीमा १० हजार थान एन–९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, २ थान पीसीआर मेसिन, २० हजार थान टेस्टिङ किट र ५० थान वेट वाइप लगायत छन्।

स्वाथ्य सामग्री सहयोगका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बत सरकारलाई धन्यवाद दिएका छन्। त्यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपाल र चीन हिमाल र नदीले जोडिएको देश भएको भन्दै दुई देशबीच अमर मित्रताको कामना गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।