काठमाडौं- कुवेतमा बुधबार मात्रै ५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ५ नेपालीमा कोरोना पुष्टि भएको हो।
सोसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या २९ पुगेको छ। संक्रमित नेपालीहरुको सामान्य अवस्थामा रहेको दूतावासले जनाएको छ।
हालसम्म कुवेतमा आप्रवासी र कुवेती नागरिक गरेर जम्मा २ हजार २सय ४८ जना कोरोना संक्रमित भएका छन्। कोरोनाका कारण १३ जनाले ज्यान गुमाएका छन् भने ४ सय ४३ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।