काठमाडौं- नेपाल निजामती कर्मचारी संगठन अर्थ मन्त्रालय विभागीय कार्यसमितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार १ सय ११ रुपैयाँ हस्तान्तण गरेको छ। युनियनका अध्यक्ष बामदेव पन्थीले अर्थसचिव शिशिरकुमार ढुंगानामार्फत उक्त रकम बराबरको चेक हस्तानत्रण गरेका हुन्।
जनतासँग कर्मचारी संगठनको नारालाई सार्थक बनाउन आफूहरुले सहयोग उपलब्ध गराएको पन्थीले जानकारी दिए।
सो अवसरमा अर्थसचिव ढुंगानाले सरकारको कोरोना विरुद्धको लडाँईमा अर्थ मन्त्रालय अन्तर्गतका कर्मचारीले दोहोरो दायित्व निर्वाह गरेको बताए। विगतमा पनि संगठनले विभिन्न प्रकारका रचनात्मक सामाजिक कार्यहरुमा योगदान गरेको र आगामी दिनमा समेत यस्तै भूमिका निर्वाह गर्ने अपेक्षा गरेको समेत उनले उल्लेख गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव, अर्थ मन्त्रालयका सहसचिवहरु, आन्तरिक राजस्व विभागका महानिर्देशक, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष, नेपाल निजामती कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष, सिबिए अर्थ अध्यक्ष सूर्यबहादुर कुँवरलगायतका पदाधिकारीहरुको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।