काठमाडौं– कोभिड– १९ विरुद्ध लड्न भारत र नेपालबीच जारी सहकार्यको क्रममा भारत सरकारले नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ। भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत बिनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार उक्त औषधि हस्तान्तरण गरेका हुन्।
उक्त सहयोगका लागि प्रधामन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यावाद दिएका छन्।
भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको ती औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कूल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन्।
भारतीय प्रधानमन्त्री मोदीले गत २ चैत्रमा सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फ्रेन्समा छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।