काठमाडौं– इन्डियन प्रिमियर लिग(आइपिएल)मा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्ली डेयरडेभिल्सले आज दोस्रो खेल खेल्दै छ। पहिलो खेलमा पंजाबसँग पराजित दिल्लीले बुधबार राजस्थान रोयल्सँग खेल्दैछ।
जयपुरमा हुन लागेको खेलमा दुवै टिम पहिलो जित निकाल्ने प्रयासमा छन्। राजस्थान पहिला ेखेलमा हैदरावादसँग ९ विकेटले पराजित भएको थियो।
बुधबारको खेलमा अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल दिल्लीका लागि खेल्दैछन्।
एउटा खेलमा बढीमा ४ जनासम्म मात्र बिदेशी खेलाडीलाई खेलाउन पाइन्छ। जसकारण दोस्रो खेलमा पनि सन्दिपको सम्भावना कम छ। म्याक्सवेलसहित कोलिन मुन्रो, क्रिस मोरिस र ट्रेन्ट बोल्टले बुधबार खेल्ने सम्भावना रहेको भारतीय मिडियाहरुले जनाएका छन्।
पहिलो खेलमा महंगो सावित भएका स्पिनर अमित मिश्राको ठाउँमा शाहबाद नदिमको सम्भावना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।